LIVE
वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न | संघीय समाजवादी नेपाल र बहुजन एकता पार्टी वैकल्पिक मोर्चाको तयारीमा | महोत्सवको दोस्रो दिन फरक–फरक विषयमा गहन बहस | मुस्लिम समुदायको क्षमता विकास सम्बन्धी कार्यक्रम सम्पन्न | मधेश प्रदेशमा संसदीय मामिला पत्रकार समाज गठन | मधेश प्रदेश सभाको ७ औ वार्षिकोउत्सवमा सम्पन्न,संघियता संस्थागत गर्नमा वक्ताहरुको जोड | मधेश प्रदेशका ३ लाख ६९ हजार किशोरीलाई पाठेघर क्यान्सरविरुद्ध एचपिभि खोप लगाईने | महोत्तरीको जलेश्वर कारागारमा एक कैदीबन्दीको मुत्यु | महाकुम्भबाट फर्किंदै गरेका एकै परिवारका ५ नेपालीको दुर्घटनामा मृत्यु |

काठमाण्डौ । नागरिक अगुवाहरू पिताम्बर शर्मा, खगेन्द्र संग्रौला, भरत सुवेदी, सुधिर शर्मा, मानुषी यमी भट्टराईलगायत २६ जना अगुवाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सन् १९४८ देखि इजरायलले प्यालेस्टाइनीहरूलाई राज्यबिहीन बनाएको भन्दै अहिले गाजामा प्यालेस्टाइनीहरूलाई सखाप पार्न इजरायलले आक्रमण गरिरहेको बताएका छन् ।

इजरायलको यो कदममा अमेरिका र उसका युरोपेली समर्थकले समर्थन जनाएको भन्दै आपत्तिसमेत प्रकट गरेका छन् । उनीहरूले गाजाको अल अहली अरब अस्पतालमा इजरायलले आतंकवादी आक्रमण गरेको भन्दै कडा शब्दमा निन्दा गरेका छन् । उनीहरूले ७ अक्टुबरमा हमासले इजरायली सैन्य र गैरसन्य नागरिकको हत्या गरेकोसमेत बताएका छन् । उनीहरूले आफूहरू आम प्यालेस्टाइनी जनताको पक्षमा रहेको बताएका छन् ।

सम्बन्धित खबर