LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । नेपाल भारतको दशगाजामा पर्ने सिमास्तम्भको मर्मत सम्भार तथा रंगरोगनको कार्य सुरु गरिएको छ ।
धनुषा जिल्लाको मुखियापटटी मुसरनिया गाउँपालिका–६ स्थित जटहीको सिमावर्ति क्षेत्रमा रहेकाबाट विहिवार सिमास्तम्भहरुको मर्मत सम्भार तथा रंगोगन कार्यको सुरुवात गरिएको छ । सशस्त्र प्रहरी बल मधेश प्रदेशका डिआईजी दिपेन्द्र शाहले एक कार्यक्रम बीच नेपाल भारतको सिमास्तम्भको पिलर नम्बर २८५÷५ को मर्मत सम्भार तथा रंगरोगन गरि उक्त कार्यको सुरुवात गरेका हुन् ।
नेपाल र भारतको दशगजामा पर्ने जोर नम्बरको पिलरको मर्मत सम्भार तथा रेखदेखको जिम्मेवारी भारतीय पक्षको रहेको छ भने विजोर नम्बरको पिलरको जिम्मेवारी नेपालको सशस्त्र प्रहरी बलको रहेको छ । भारतीय पक्षले केहि अघि नै आफ्ना जिम्मेवारीमा रहेको जोर नम्बरको पिलरको मर्मत सम्भार तथा रंगरोग गरिसकेका छन् । २०७७ साल श्रावण १९ गतेको मन्त्रीपरिषदको बिजोर नम्बरका सिमास्तम्भहरुको मर्मत सम्भार तथा रंगरोगको कार्यको जिम्मेवारी सशस्त्र प्रहरी बल नेपाललाई दिएको थियो ।
लामो समयदेखि सिमास्तम्भको मर्मत सम्भार नहुदाँ सिमावति क्षेत्रका सिमालाई नै लिएर नेपाल तथा भारतका नागरिक बीच विवाद हुने तथा सिमावति क्षेत्रमा कुनै अपराधि क्रियाकलाप भएको खण्डमा त्यसलाई कुन देशको प्रशासनले हेर्ने लगायतका विवाद हुने गरेकोले थियो । यस्तो अवस्थामा पिलरको मर्मत सम्भार तथा ंरंगरोगनले सिमास्तम्भहरुको आयु बढ्ने भएकोले मर्मत सम्भारको कार्य थालिएको डिआईजी शाहले बताए ।
डिआईजी शाहले मधेश प्रदेशका ८ वटै जिल्लामा जिर्ण रहेका करिव १ हजार सिमास्तम्भलाई मर्मत सम्भार तथा रंगरोगको कार्य सुरु भएको बताए । धनुषामा ४ सय ९९ वटा पिलर रहेपनि पहिलो चरणमा १ सय ५ वटा पिलरको रंगरोगन तथा मर्मत सम्भारको कार्य गर्नुपर्ने सशस्त्र प्रहरी धनुषाका प्रहरी उपरीक्षक निदेश मल्लले जानकारी दिए ।
सिमास्तम्भ मर्मत सम्भार तथा रंगरोगन कार्यक्रमको उद्टानमा नगराइन नगरपालिकाका मेयर विनय यादव, मुखियापट्टि मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादव, भारतीय एसएसबीका डिपुटी कमाण्डेन्ट सन्तोष कुमार निमोरिया सहितको सहभागिता रहेको थियो ।

 

सम्बन्धित खबर