LIVE
राजनीतिक परिवर्तनले मात्रै पिछडा वर्गको विकास हुदैन ः अध्यक्ष यादव | बाराका पानी उद्योगका प्रबन्धक सिंहको हत्या प्रकरणमा दुई जना पक्राउ | महोत्तरीका जेनजी युवाहरूले सिडिओ र अस्पताल प्रमुखलाई बुझाए ज्ञापनपत्र | सत्ताव्यापी विवाहपञ्चमी महोत्सव,दिउँसो स्वयम्बर, राती विवाह | विवाहपञ्चमी महोत्सवअन्तर्गत सोमवार मटकोर कार्यक्रम सम्पन्न, भोलि विवाह हुने | मुख्यमन्त्री तोके बिना विभागीय मन्त्रीहरुको जिम्मेवारी | विवाहपञ्चमी महोत्सव अन्तर्गत आईतवार तिलकोत्सव सम्पन्न | रामजानकी अन्तर्राष्ट्रिय रंगशाला मन्त्रीद्वयद्धारा निरीक्षण | मुख्यमन्त्री सरकारी निवास ः सोनल आउट, सरोज इन | सभामुख मण्डल पदमुक्त |

जनकपुरधाम । धनुषामा मदिरामा लठ श्रीमानले श्रीमतिको हत्य गरेको छ ।
जिल्लाको मिथिला नगरपालिका– ३ हरिहरपुर बस्ने शैदैया मुखियाले करिव ४८ वर्षिया श्रीमति रेश्मी देवि मुखियालाई हत्या गरेको प्रहरी जनाएको छ ।
बुधवार दिउँसो श्रीमान श्रीमति बीच घरायसी विषयमा विवाद भएको थियो । सोही विषयलाई लिएरमा घरमा कोही नभएको अवस्थामा मौका छोपि दशैयाले श्रीमति रेश्मीलाई हत्या गरि शौचालयको पछाडि गाडेका थिए । साँझमा बुहरीले सासु वारे सासुरा (दशैया)लाई सोधेपछि शंकास्पद अभिव्यक्ति दिएपछि परिवारजनले प्रहरीलाई घटना वारे जानकारी गराएका थिए ।

दशैयालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा रेश्मीको हत्या भएको खुलेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनु साहले जानकारी दिए ।
निरीक्षक साहले दशैया हत्याको स्वीकार गरेको बताए । मदिरा सेवन गरेर दशैयाले श्रीमतिको हत्या गरि गाडेको अनुसन्धानमा खुलेको उनले बताए । प्रहरीले मृतक शवलाई पोस्टमाटम गरि परिवारजनलाई जिम्मा लगाएको छ भने दशैयामाथि कर्तव्य ज्यान मुद्दामा नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको उनले बताए ।

सम्बन्धित खबर