LIVE
राजनीतिक परिवर्तनले मात्रै पिछडा वर्गको विकास हुदैन ः अध्यक्ष यादव | बाराका पानी उद्योगका प्रबन्धक सिंहको हत्या प्रकरणमा दुई जना पक्राउ | महोत्तरीका जेनजी युवाहरूले सिडिओ र अस्पताल प्रमुखलाई बुझाए ज्ञापनपत्र | सत्ताव्यापी विवाहपञ्चमी महोत्सव,दिउँसो स्वयम्बर, राती विवाह | विवाहपञ्चमी महोत्सवअन्तर्गत सोमवार मटकोर कार्यक्रम सम्पन्न, भोलि विवाह हुने | मुख्यमन्त्री तोके बिना विभागीय मन्त्रीहरुको जिम्मेवारी | विवाहपञ्चमी महोत्सव अन्तर्गत आईतवार तिलकोत्सव सम्पन्न | रामजानकी अन्तर्राष्ट्रिय रंगशाला मन्त्रीद्वयद्धारा निरीक्षण | मुख्यमन्त्री सरकारी निवास ः सोनल आउट, सरोज इन | सभामुख मण्डल पदमुक्त |

जनकपुरधाम । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत तिलकोत्सव सम्पन्न भएको छ । त्रेता युगमा भगवान् राम र सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी महोत्सव अन्तर्गत आइतबार तिलकोत्सव सम्पन्न भएको हो ।

तिलकोत्सव कार्यक्रममा जानकी मन्दिरबाट छोटा महन्थ रामरोशन दासको नेतृत्वको सयौको संख्यामा श्रद्र्धालुभक्तजनहरु ‘भार’ लिएर राम मन्दिरमा पुगेका थिए ।

तिलकोत्सवमा जानकी मन्दिरका छोटा महन्थ दास सिताको बुबाको रुपमा र अयोध्या दरबार तथा भागवान रामको बुबाको रुपमा जनकपुरधाम स्थित राम मन्दिरका महन्थ राम गिरि एक अर्कालाई अङ्कमाल गर्दै समधी मिलन गरेका थिए ।
तिलकोत्सवको अवसरमा दुवै पक्षबिच हास्य सपरिहास समेत भएको थियो ।

जानकी मन्दिरबाट फलफूल, मिष्ठान परिकार लगायतका सयौँ पाहुनाका साथ श्रद्धालुहरू राम मन्दिरको प्राङ्गणमा आएर तिलकोत्सव कार्यक्रममा सहभागी भएका थिए । विवाहपञ्चमी अन्तर्गत भोलि सोमबार पाँचौ दिन मटकोर हुने कार्यक्रम रहेको छ । मटकोर विधि गंगासागर पोखरीमा हुनेछ भने मङ्गलबार विवाहपञ्चमीको मुख्य दिन जानकी मन्दिरमा वैवाहिक कार्यक्रम रहेको छ ।

सम्बन्धित खबर