LIVE
राजनीतिक परिवर्तनले मात्रै पिछडा वर्गको विकास हुदैन ः अध्यक्ष यादव | बाराका पानी उद्योगका प्रबन्धक सिंहको हत्या प्रकरणमा दुई जना पक्राउ | महोत्तरीका जेनजी युवाहरूले सिडिओ र अस्पताल प्रमुखलाई बुझाए ज्ञापनपत्र | सत्ताव्यापी विवाहपञ्चमी महोत्सव,दिउँसो स्वयम्बर, राती विवाह | विवाहपञ्चमी महोत्सवअन्तर्गत सोमवार मटकोर कार्यक्रम सम्पन्न, भोलि विवाह हुने | मुख्यमन्त्री तोके बिना विभागीय मन्त्रीहरुको जिम्मेवारी | विवाहपञ्चमी महोत्सव अन्तर्गत आईतवार तिलकोत्सव सम्पन्न | रामजानकी अन्तर्राष्ट्रिय रंगशाला मन्त्रीद्वयद्धारा निरीक्षण | मुख्यमन्त्री सरकारी निवास ः सोनल आउट, सरोज इन | सभामुख मण्डल पदमुक्त |

जनकपुरधाम । रामजानकी विवाहपञ्चमी महोत्सवअन्तर्गत पाँचौं दिन आज सोमवार मटकोर कार्यक्रम सम्पन्न भएको छ ।

जनकपुरधाम स्थित गंगासागर पोखरीमा मटकोर विधि सम्पन्न भएको हो ।मटकोर विधिको क्रममा लगिएको माटोबाट सीता–राम विवाहका लागि मडवा (मण्डप) निर्माण गरिने छ ।
जानकी मन्दिरको प्राङ्गणबाट बाजागाजा सहित बिहेको वेदी बनाउन माटो ल्याउन छोटे महन्थ राम रोशन दासको नेतृत्वमा साधु सन्त, प्रतिकात्मक जानकी सहितको टोली गंगासागर पोखरीमा पुगेको थिए । सो अवसरमा मैथली महिलाहरूले विभिन्न प्रकारका वैवाहिक गीत प्रस्तुत गरेका थिए।

पोखरीबाट जानकी मन्दिर भित्र्याइएको माटोले सीता–राम विवाहका लागि वेदी तयार गर्ने चलन छ। जानकी माताको मटकोर विधि हेर्नका लागि हजारौँको संख्यामा श्रद्धालु भक्तजन गंगासागरको डिलमा पुगेका थिए। वैवाहिक कार्यक्रममा सहभागी हुन अयोध्याबाट आएका जन्तीको समेत मटकोरमा सहभागिता थियो।

अब भोली मंगलबार मैथिली परम्परा अनुसार दिउँसो स्वयंवर र राति वैवाहिक कार्यक्रम हुने जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले जानकारी दिए । महोत्सवको अन्तिम बुधबार राम कलेवा कार्यक्रम सँगै भारतबाट आएका साधुसन्तका जन्तीहरु भोजन गराई विदावारी गरेपछि विवाह पञ्चमी महोत्सव सम्पन्न हुनेछ ।

सम्बन्धित खबर