LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

काठमाडौं । नेकपा (एमाले) का नेता सोमप्रसाद पाण्डेले अहिलेसम्म आफूहरुले पार्टी विभाजन गर्ने वा अर्को पार्टी खोल्नेसम्मको तयारी नगरेको स्पष्ट पारेका छन् । माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकलगत्तै पत्रकारहरुसँग कुरा गर्दै नेता पाण्डेले यस्तो बताएका हुन् ।

उनले भने,‘तपाईँले प्रश्न त धेरै टाढा पुगेर गर्नुभयो, हुन त हाम्रो पार्टीमा केपी ओली र माधव नेपाल दुई समूह छन् । अहिले दुवै समूह टाढा त टाढा पुगेको छ । त्यही भएर तपाईँले यो प्रश्न राख्नुभएको होला, एकदम एक लाईनमा भन्नुपर्दा यो पार्टी विभाजन वा अर्को पार्टी खोल्ने खालको अहिलेसम्म तयारी भएको छैन् । त्यसकारण नयाँ पार्टी खोल्ने योजना छैन् । हामी एकता गर्नुपर्छ भन्ने पक्षमा छौं । पार्टी सुदृढ गर्दै अघि बढ्नुपर्छ भन्ने कुरा हो । बाहिर हेर्दा पार्टी विभाजन हुने खालको स्थिति बनेको छ । तर, नयाँ पार्टी खोल्ने वा दर्ता गर्ने योजना छैन् ।’

संविधान र विद्यमान कानूनअनुसार आफूहरुलाई सरकारमा जान गाह«ो भएको पनि उनको भनाई छ । उनले भने,‘नेकपा एमालेभित्रै सहमति गरेर केही सांसदहरुको प्रतिनिधित्व हुनेखालको, सहमतिको आधारमा राष्ट्रिय सहमतिको सरकार होला ।’ उनले अहिले आफूहरु छलफल र प्रोसेसकै आधारमा रहेको सुनाए ।

सम्बन्धित खबर