LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

काठमाडौं : प्रतिनिधि सभा सदस्यबाट पदमुक्त गरिएकी सरिता गिरीको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा गठित संवैधानिक इजलासले शुक्रवार उक्त कारण देखाऊ आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार ७ दिन बाटोको म्यादबाहेक थप १५ दिनभित्रमा विपक्षीहरूलाई कारण देखाउ आदेश जारी गरिएको हो ।

प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा र डा. आनन्द मोहन भट्टराईको पूर्ण इजलासले उक्त आदेश जारी गरेको हो ।

तत्कालीन समाजवादी पार्टीको सांसद रहेकी गिरीलाई पार्टी अध्यक्ष तथा संसदीय दलका नेता उपेन्द्र यादवले स्पष्टीकरण सोधेको थियो । चित्त बुझ्दो जवाफ नआएको भन्दै यादवले उनलाई प्रतिनिधि सभा सदस्यबाट बर्खास्त गर्नुका साथै पार्टीको साधारण सदस्यबाट समेत निष्काशन गरेको थियो ।

नेपालले जारी गरेको नयाँ नक्शाअनुसार निशाना छाप परिवर्तनका लागि संविधान संशोधनको विरोध गरेपछि तत्कालीन समाजवादी पार्टीले गिरीलाई सांसदबाट हटाउने निर्णय गरेको थियो ।

समाजवादी पार्टीको निर्णयअनुसार संघीय संसद सचिवालयले २०७७ असार २५ गते गिरी पदमुक्त भएको सूचना टाँसेको थियो ।

सम्बन्धित खबर