LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

काठमाडौं : एमाले अध्यक्ष एवं सांसदीय दलका नेता केपी ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव गलत भएकाे बताएका छन्।

आज (सोमबार) संसद भवन नयाँ बानेश्वरमा जारी एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सत्तारुढ दलले दर्ता गरेको सो महाअभियोग प्रस्ताव स्थानीय तहकाे निर्वाचन नगराउने षड्यन्त्र भएको पनि दोहोर्‍याएका छन्। महाअभियोग दर्ता भएलगत्तै उनले आइतबार पनि त्यस्तै प्रतिक्रिया दिएका थिए।

सत्तापक्ष र प्रतिपक्षी दलबीच औपचारिक बैठक बसेर एक खालको गरिएको भए पनि त्यसको एक सातापछि महाअभियोग आउनु षड्यन्त्रकारी कदम भएको भनी नेता ओलीले बताएको बैठकमा सहभागी एक नेताले बताए।

सरकारले राम्रै नियतले अदालतको बेथिति अन्त्यका लागि महाअभियोग ल्याएको भए प्रतिपक्षी दलहरूसँग छलफल गर्नुपर्ने तर त्यसाे नगरेर जबरामाथि अकस्मात् महाभियोग लगाएर स्थानीय तहकाे निर्वाचन सार्ने अस्त्र प्रहार गरेकाे आरोप उनले लगाएका छन्।

सम्बन्धित खबर