LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । ५ चैत
आसन्न स्थानीय तहको निर्वाचनमा वर्तमान स्थानीय तहको प्रतिनिधीले उम्मेदवारि दिनु अघि राजिनामा दिनुपर्ने गरि निर्वाचन आयोगलले अचार संहिता जारी गरेको मधेशक प्रदेशका अधिकांश जनप्रतिनिधिहरुले त्यसको विरोध गरेका छन् ।
जनकपुरधाम उपमहनगरपालिका मेयर लालकिशोर साहले स्थानीय तहको जनप्रतिनिधीले उम्मेदवारी दिनु अघि राजिनामा दिनुपर्ने अचार संहिता लागु गरेर निर्वाचन आयोगले गैर संवैधानिक कार्य गरेको आरोप लगाएका छन् । न्युज कारखानासँग कुराकानी गर्दै मेयर साहले भने,‘ यो चुनाव आफैमा अवैधानिक हो । संविधानमा जनप्रतिनिधीको कार्यकाल पाँच वर्ष तोकिएको छ । तर मधेश प्रदेशका जनप्रतिनिधीहरुले कार्यकाल साढे ४ वर्षमै समाप्त हुने गरि निर्वाचनको घोषणा गरिएको छ । जनप्रतिनिधीहरुले त्यसको विरोध गर्दापनि कुनै सुनवाई भएन । अदालतले पनि कुरा सुनेन ।’
गाविस व्यवस्था हुदाँ पनि वहालवाला जनप्रतिनिधीलाई निर्वाचनमा राजिनामा दिनुपर्ने प्रवधान थिएन, मेयर साहले भने,‘ अहिले त स्थानीय सरकार भएको छ । सरकार भएपछि अर्को निर्वाचन लड्न किन राजिनामा दिनुपर्छ ? यसको तुक के हो ? दिनै पर्छ भने चुनावको वेला संघिय सरकारमा मन्त्री, प्रधानमन्त्रीले राजिनामा दिएपछि मात्रै उम्मेदवारी दिनुपर्ने प्रवधान राख्नुपर्छ । होईन भन्ने यो ठुलो विभेद हो ।’
नेपाल संघिय लोकतान्त्रिक व्यवस्थामा प्रवेश गरेपनि अहिलेपनि मुलुकमा कर्मचारीतन्त्र हावि भएको दावि गर्दै मेयर साहले भने,‘ नेपाल अझ पनि राजनीतिक ईकाई हुन सकेको छैन । प्रशासनिक ईकाई नै जस्तो संचालन भईरहेको छ ।प्रशासनिक ईकाई अहिले उत्तर तिर ढल्छ त कहिले दक्षिणको भयले काम गर्छ ।’

सम्बन्धित खबर