LIVE
गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ |

६ चैत, काठमाडौं । स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिनुअघि राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिताको प्रावधान विरुद्ध जनप्रतिनिधि नै सर्वोच्च अदालत पुगेका छन् ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आइतबार सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका हुन् । केही कागजात नपुगेर उनको रिट दर्ता भने भएको छैन ।

आचारसंहिताले आफ्नो संवैधानिक हकमाथि प्रहार गरेको र निर्वाचनमा उम्मेदवारी दिने अधिकार कुण्ठित हुने भएकाले कानूनी उपचार खोजेको अध्यक्ष शेर्पाले बताए ।

‘प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिँदा प्रधानमन्त्रीले राजीनामा दिनुनपर्ने, मन्त्रीहरु झण्डा हल्लाएर भोट माग्न जान पाउने’ शेर्पाले अनलाइनखबरसँग भने, ‘हामी स्थानीय तहमा बसेर जनताको काम गर्ने प्रतिनिधिले फेरि उम्मेदवारी दिँदा किन राजीनामा दिनुपर्ने ? एक महिनासम्म जनताको काम कसले हेर्छ ?’

शेर्पाको कानुनी प्रतिरक्षा गर्ने वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेका अनुसार निर्वाचन आयोगले ३ चैतमा जारी गरेको निर्वाचन आचार संहिता २०७८ ले जनप्रतिनिधिको संवैधानिक र कानुनी हकमा प्रतिकुल असर पारेको छ ।

आचारसंहिताको दफा ३६ मा स्थानीय तहका जनप्रतिनिधिले फेरि उम्मेदवारी दिनुपरेमा अहिलेको पदबाट राजीनामा दिनुपर्ने उल्लेख छ । न्यौपानेले राजीनामा कानुनी रुपमा बाध्यकारी नहुने बताए ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा अध्यक्ष/मेयरले उपाध्यक्ष/उपमेयरलाई र उपाध्यक्ष÷उपमेयरले अध्यक्ष/मेयरलाई राजीनामा दिनुपर्ने व्यवस्था छ । दुवैजना पदबाट राजीनामा दिएर उम्मेदवारी दिनुपर्ने भएमा कसलाई राजीनामा दिने भन्ने टुंगो नहुने र स्थानीय तह नै रिक्त हुने निवेदनमा दावी गरिएको छ ।

वरिष्ठ अधिवक्ता न्यौपानेको भनाइमा, सर्वोच्च अदालतले नै स्थानीय तहका जनप्रतिनिधिलाई पारिश्रमिक लिन निषेध गरेको छ । उनीहरुले प्रदेश कानुन अनुसार ‘सुविधा’ को रुपमा भत्ता लिने गरेका छन् ।

स्थानीय तह निर्वाचन ऐनमा समेत पारिश्रमिक खाने कर्मचारीलाई उम्मेदवार हुन निषेध गरेको तर सुविधा लिने जनप्रतिनिधिको हकमा केही नबोलेको उनको दावी छ ।

न्यौपानेले भने, ‘जनप्रतिनिधिले पारिश्रमिक होइन, सुविधा मात्रै पाएका हुन् । ऐनले नै पारिश्रमिक नलिने तर सुविधा पाउने जनप्रतिनिधिलाई उम्मेदवार बन्न निषेध गरेको छैन ।’

आचारसंहिताले भने पारिश्रमिक र सुविधा दुवै पाउने जनप्रतिनिधिलाई बन्न रोकेकाले यो प्रावधान बदरको माग गरिएको उनले बताए ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष शेर्पाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नलगाइएको बन्देज स्थानीय तहमाथि लगाएर विभेद गरिएको बताए ।

उनका अनुसार राजीनामापछि फेरि जनप्रतिनिधि बहाल हुन करिव एक महिना लाग्नेछ । त्यो अवधिमा स्थानीय तह रिक्त हुने, जनताको काम कारवाही रोकिने र स्थानीय सरकारको निरन्तरता अवरुद्ध हुने शेर्पाको भनाइ छ ।

सम्बन्धित खबर