LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

जनकपुरधाम । १४ चैत
मधेश प्रदेशका आन्तरिक मामिला तथा संचारमन्त्री भरत प्रसाद साहले माओवादी जनयुद्धका शहिद परिवारलाई नियमित रुपमा राहत दिन ऐन नै ल्याउने बताएका छन् ।
पहिलो पटक मधेश प्रदेश सरकारले जनयुद्धका शहिद परिवारलाई राहत स्वरुप १ लाख नगद आर्थिक सहयोग गर्दै आएको छ । सोही क्रममा मधेश शहिद प्रष्ठिानले आईतवार आयोजना गरेको जनयुद्धका शहिद परिवारलाई सम्मान र राहत वित्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले यस्तो धारणा राखेका हुन् । अहिले मधेश प्रदेश सरकारमा माओवादीको सहभागिता रहेकोले यस्तो कार्यक्रम ल्याएको बताउदै मन्त्री साहले भने,‘ भोलिको दिनमा माओवादी सहभागिता नरहन पनि सक्छ, तर यो कार्यक्रमलाई निरन्तता दिनको लागि ऐन ल्याएको खण्डमा निम्त रुपमा संचालन भईरहन्छ । त्यसकारण अवको केहि दिनमै सम्बन्धी ऐन मन्त्रीपरिषदमा लगिने छु ।’
मधेश आन्दोलन, जनयुद्धका शहिद परिवारलाई स्वास्थ्यमा ९० प्रतिशत छुट दिने गरि मधेश प्रदेश सरकारले शहिद परिचय पत्र बनाउन लागेको बताउदै मन्त्री साहले शहिद परिवार, मधेश अन्दोलन र जनयुद्धका घाईते तथा वेपता भएका परिवारजनलाई सिपमुलक तालिम तथा तिनका छोराछोरीलाई अध्ययनका लागि छात्रवृति दिने तयारी प्रदेश सरकारले गरिरहेको बताए ।
मधेश प्रदेशमा ५ जना ८२ जना जनयुद्धका शहिद परिवारलाई जनही १ लाखको दरले आर्थिक सहयोग गर्ने मधेश प्रदेश सरकारले निर्णय गरेको छ । त्यस मध्ये अहिले सम्म करिव सर्लाही,सिरहा र रौतहट वाहेका जिल्लाहरुका जनयुद्धका शहिद परिवारलाई राहत वित्तरण भईसकेको मधेश शहिद प्रष्ठिानका निर्देशक छटु चौधरीले बताए ।
यता,नेकपा माओवादी नेता मातृका यादवले माओवादीको पक्षमा वोट माग्न जनयुद्धका शहिद परिवारजनलाई आग्रहा गरेका छन् ।
आईतवार जनकपुरमा आयोजित जनयुद्धका शहिद परिवारलाई सम्मान र राहत वित्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले भने, जनयुद्धका शहिदहरुको सपना मात्र माओवादी पार्टी पुरा गर्न सक्ने भएकोले तपाईहरु घरघर गएर माओवादीको पक्षमा वोट माग्नुस्, तपाईहरुले घर घर गएर वोट माग्नु भने त्यसको प्रभाव फरक हुन्छ ।’ प्रधानमन्त्री शेरवहादुर देउवा र पुर्व प्रधानमन्त्री केपि शर्मा ओलीले मिलेर मुलुकमा प्रतिक्रान्ति भित्रियाउन चाहने खेलमा लागेकोले माओवादी वाध्य भएर अमेरिकि परियोजना एमसिसि पास गर्नु परेको बताए ।

सम्बन्धित खबर