LIVE
आजको मौसम : चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना | जनकपुरधामका राईन दम्पतीलाई हज यात्रा अघि इस्लाम समाज सेवा समितिद्वारा सम्मान | न्यायका लागि सरोकारबारलाई गुहार लगाउँदै सर्लाहीका अन्सारी परिवार, पीडितलाई न्याय दिलाउने पुर्व गृहराज्यमन्त्री अन्सारीको प्रतिवद्धता | जनमत पार्टीका नेता सहनी र कुँवरद्धारा एकैदिन पाँच योजनाको शिलान्यास | सुगुरको खोरमा थुनेर मुस्लिमलाई कुटपिट, अभियुक्तहरु छुटाउन प्रशासनलाई दबाब, कडा कारर्वाही गर्न अध्यक्ष अन्सारीको माग | वाटरल्यान्ड पार्कमा झडपको क्रममा १० जना विद्यार्र्थी पक्राउ | मधेशका गौरवका दुधमति नदीको संरक्षण एवं सौन्दर्यकरण आयोजनामा तिव्रता | आगामी आवको बजेट तयारीमा मधेश सरकार ः चालू वर्षको बजेटभन्दा १४ अर्ब कमको तोकियो सिलिङ | मुख्यमन्त्री सिँहद्वारा विद्यालय अनुगमन | मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित |

जनकपुरधाम । १४ चैत
म्यादी प्रहरीका लागि मधेश प्रदेशबाट ६८ हजारभन्दा बढी आवेदन दिएको छ ।
मधेश प्रदेशका लागि २१ हजार ६ सय ९८ जना चाहिएकोमा ६८ हजार ६ जनाले म्यादी प्रहरीका लागि आवेदन दिएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ६८ हजार ६ मध्ये ८ हजार १३२ जना महिलाले म्यादी प्रहरीका लागि आवेदन दिएको मधेश प्रदेशका प्रहरी प्रमुख डिआईजी उमेश रंजितकारले बताए ।
मधेश प्रहरी कार्यलयका अनुसार सबभन्दा बढी बारामा ११ हजार २६६ जनाले म्यादी प्रहरीको लागि आवेदन दिएको छ भने सबभन्दा कम पर्सा जिल्लामा ६ हजार २ सय ९ जनाले आवेदन दिएका हुन् । जवकी वारमा २ हजार ५२५ र पर्सामा १हजार ८ सय १ जना म्यादी प्रहरीको माग रहेको छ । त्यसैगरि,धनुषामा ३ हजार ४८६ जना म्यादी प्रहरीको माग रहेकोमा ९ हजार २१, सप्तरीमा ३ हजार १३९चाहिएकोमा ९ हजार ४ सय ६, सर्लाहीमा ३ हजार ८८ चाहिएकोमा १० हजार ८५१ जनाले म्यादी प्रहरीको लागि आवेदन दिएको मधेश प्रहरी कार्यालयले जनाएको ।
त्यसैगरि, महोत्तरीमा २ हजार ७३६ म्यादी प्रहरी चाहिएकोमा ८ हजार ५५, रौतहट २ हजार ५८९मा म्यादी प्रहरी चाहिएकोमा ६ हजार ६ सय ८४, सिरहामा २ हजार ३३१ चाहिएकोमा ६ हजार ५५० जनाले म्यादी प्रहरीको लागि आवेदन दिएका हुन् ।
म्यादी प्रहरीमा भर्ना हुनेले प्रहरी जवानले पाउने मासिक तलव पाउने छ । म्यादी प्रहरीले ४० दिन तलब पाउने छ । यस हिसावले म्यादी प्रहरीले ४० दिनको ३० हजार २४० रुपैयाँ र रासनको ७ हजार २ सय, पोशाक तथा अन्य खर्च ६ हजार र निर्वाचनको अवधिमा यातायातको खर्च वापत १ हजार गरि कुल ४४ हजार ४४० रुपैयाँ पाउने छ । म्यादी प्रहरीमा छनौट भएकाहरुलाई १० दिन तालिम दिने डिआईजी रंजितकारले बताए । म्यादी प्रहरीलाई पायक पर्ने स्थानीयमा खटाउन गृहमन्त्रालयले जिल्ला प्रहरी कार्यालयहरुलाई आदेश गरेको छ । स्थानीय तहको निर्वाचनमा नेपाल प्रहरीलाई सघाउन म्यादी प्रहरी राखिएको उनले बताए ।

 

सम्बन्धित खबर