LIVE
ई–रिक्सा चालकको लाइसेन्स प्रक्रियामा सवलिकरण ल्याउन माग | मधेशका जिल्लाहरुमा चैती पर्व मनाईदै | मुख्यमन्त्री यादवद्वारा सय दिनको उपलब्धी सार्वजनिक | मधेश प्रदेशका झण्डै ९१ प्रतिशत उम्मेदवारको जमानत जफत | सिराहामा कानुन व्यवसायीको फर्ममा विस्फोट | मधेशमा मुद्दा होइन, भरोसा बदलियो : किन कमजोर भए मधेशवादी दल र कसरी उदायो रास्वपा ? | महोत्तरीको सोनमा–२ मा भव्य महावीर झण्डा मेला सुरु, महिला कुस्तीदेखि सांस्कृतिक कार्यक्रमसम्म आकर्षण | अन्ततः धनुषा–१ मा नेकपा उम्मेदवार यादवलाई प्रमाणपत्र | घण्टीको दवावमा परिणाम घोषणा ढिलाइ भईरहेको मातृका यादवको आरोप | मधेशमा बहुआयामिक सुरक्षा चुनौती बीच विहिवार मतदान |

जनकपुरधाम । १५ चैत
केहि वर्ष अघि सम्म रेफर अस्पताल भनेर चिनिने प्रादेशिक अस्पताल जनकपुर अहिले मधेश प्रदेशकै नमुना अस्पतालमा रुपमा पहिचान बनाएको छ ।
मधेश सरकार मातहत आएसँगै प्रादेशिक अस्पताल जनकपुरमा हुने क्रमिक सुधारले अस्पताल मधेश प्रदेशमै नमुना अस्पतालको रुपमा सर्वसधारणले लिन थालेको छ । विशेषज्ञ चिकित्स,वेडको चरम अभाव तथा कर्मचारीको उचित व्यवस्थापन नहुदाँ अस्पतालले दिने सेवा लथालिङ बनेको थियो । तर मधेश प्रदेश मातहत आएसँगै अस्पतालले दिने सेवा देखि सरसफाईमा व्यापक सुधार आएको सर्वसधारणको भनाई छ । प्रदेश सरकारले यसलाई ५ सय बेडको बनाउने निर्णय गरेपनि अहिले ४सय बडेको सेवा दिदै आएको छ ।


प्रादेशिक अस्पताल प्रदेश सरकार माहत आएपछि अस्पतालले आफ्ना सेवामा पनि विस्तार गरेको छ । दैनिक दुई देखि अढाई सय सम्म विरामी आउने प्रादेशिक अस्पतालमा अहिले साढे ६ सय सम्म दैनिक विरामी आउनुले पनि अस्पतालको सेवामा सुधार भएको सहज रुपमा भन्न सकिन्छ ।
प्रादेशिक अस्पताल जनकपुरका निवर्तमान मेसु डा.प्रमोद यादवले कार्याकालमा अस्पतालले करिव एक दर्जन थप सेवा अस्पतालले विस्तार गरेको छ । क्यान्सर ओपिडि सेवा सुरु, एनआईसी, आखाँ विभाग, न्युरो सर्जरी, युरोलोजि, नेट्रोलोजि लगायतका सेवा विस्तार गरेको छ । त्यसै समयमा अस्पताल नआउने कर्मचारी प्रवृतिलाई निरुसाहित गर्न अस्पतालमा वाईमेसिट्र हाजिर गर्नुपर्ने प्रवधान लगाएको नि.मेसु यादवले बताए ।
सेवालाई चुस्तदुस्त बनाउन टोकन सिस्टम र माईकिङग लगायतका व्यवस्था गरिएको छ । ईमरजेन्सि सेवालाई प्रभावकारी बनाउन एजडियु सेवा लागु गरेको बताउदै डा. यादवले भने,‘ पहिला इमरजेनिस सेवा प्रभावकारी थिए, कुनै विरामी ईमजेन्सिमा आउदाँ समानको अभावमा उपचारमा कठिनाई हुदै आएको थियो । तर अहिले ईमरजेन्सिमा १० वेडको एजडियु सेवा सुरु भएपछि अस्पतालले प्रदान गर्ने सेवामा व्यापक सुधाए आएको छ ।’


समिति समयका लागि संचालन हुने ल्याब सेवालाई अहिले २४ औ घण्टा संचालन गरिरहेको उनले बताए । लामो समयदेखि लेष्क्रोकोपी मेसिन थनकाईएर राखिएको थियो । तर निर्वातमान मेसु यादवकै पलामा उक्त मेसिन संचालनमा आएको छ । त्यसैगरि, गम्भिर प्राकृतिका शल्यक्रियाका गर्नका लागि ३ वटा मोडुलर ओटि कक्ष संचालनमा ल्याइएको छ भने दिउँसो ३ वजे ५ वजे स्टेण्डर हेल्ड सर्भिस सेवा दिदै आएको छ । यसले विभिन्न जिल्लाहरुबाट उपचार गराउन आएका विरामीलाई उपचारमा थप मदत पुगेको नि.मेसु यादवले बताए ।

कोरोना महामारीको समयमा अस्पतालमा अक्सिजनको अभाव हुने गरेको र अस्जिनको अभावमा विरामीको उपचार गर्न पनि कठिनाई हुने गरेको अवस्थमा अहिले अस्पताल भित्रै अक्सिजन उत्पादन हुने प्लान्ट जडान गरिएको नि. मेसु यादवले बताए । निटक भविष्यमा एमआरआई मेसिन,क्याथ ल्याब संचालनमा ल्याउने तयारी अन्तिम अवस्थामा पुगेको उनले बताए । विरामी तथा कुरुवालाई ओहदोहर गर्न केहि दिनमै दुई स्थानमा लिफ्ट लगाईने उनले बताए ।

अस्पतालमा निकिने फोहर व्यवस्थापनको लागि वेस्ट मेसिन जडान गरिएको छ भने विभिन्न स्थानमा खानेपानी व्यवस्थापन तथा शौचालयको समुचित व्यवस्थापन गरिएको डा.मेसु यादवले बताए ।
प्रदेशिक अस्पताल जनकपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतका अस्पताल भएको बताउदै निवर्तमान मेसु यादवले भने,‘ मेलै आफ्नो क्षमता र हैसियतले अस्पतालमा व्यापक सुधार गरेका छौ । यसमा प्रदेश प्रदेशका सरकारमा समाजिक विकास मन्त्री नवल किशोर साह ज्यु ठुलो योगदान छ । यो अस्पताललाई प्रदेश स्तरको बनाउनमा प्रदेश सरकार सक्रियता पुर्वक लागेको छ ।’ प्रतिष्ठानमा मेसु राख्ने प्रवधान नरहेकोले आफु एउटा चिकित्सकको रुपमा अस्पतालमै कार्यरत रहने उनले बताए ।

 

सम्बन्धित खबर