LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम ।
महोत्तरीको औरही नगरपालिकामा एकै पटक दर्जन भन्दा बढी योजनाको शिलान्यास र उद्घाटन गरिएको छ ।
विहिवार एक कार्यक्रमको आयोजना गरि नगरपालिकाले वडा २ देखि ८ सम्म प्रत्येक वडामा स्वास्थ्य चौकीको शिलान्यास गरेको छ भने १५ वेडको नगर अस्पतालको शिलान्यास गरिएको छ । त्यसैगरि, वडा नम्बर ३ मा नगरको सभा हल, स्थानीय श्री शोन्फी दशै उच्च माविमा प्राविधिक भवन, नगरपालिका अन्तर्गत बैरियामा रामजानकी मन्दिर र सोही वडामा रहेको विद्यालयमा सरस्वती मन्दिरको उद्घाटन गरिएको छ ।
पुर्व मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य महेन्द्र राय यादवले नगरपालिकालाई दान गरेको १४ कठ्ठा जग्गामा नगर अस्पतालको शिलान्यास गरिएको छ । जग्गाको अभावमा संघिय सरकारले १५ बेडको अस्पताल निर्माणको लागि सुनिचत गरेको वजेट फिर्ता हुने सम्भावना देखेपछि केन्द्रिय सदस्य यादवले एक वर्ष अघि सो जग्गा गरि नगरपालिकालाई नगर अस्पताल निर्माणको लागि दान गरेको मेयर सुनिल यादवले बताए । आफुले सदैव नगरवासीको हितमा काम गरेको बताउदै मेयर यादवले भने,‘शिक्षा, स्वास्थ्य, कृषि र यातायातको सडक निर्माण लगायतका जोड दिएर काम गरेको छु । अव हाम्रो नगरपालिका कुनैपनि समय कहि जान यातायातमा कुनै समस्या हुदै सहज रुपमा गाडीले वा अन्इ साधानले ओरदोहर गर्न सकिन्छ ।’


त्यसैगरि, नगरपालिकाको विभिन्न वडामा स्वास्थ्य चौकी शिलान्यस गरिएपछि स्थानीय जनसमुदाय हर्षित भएका छन् । अस्पताल र स्वास्थ्य चौकीहरु निर्माणको लागि ठेक्का भईसकेको र अव भौतिक निर्माणको काम सुरु हुने मेयर यादवले बताए । १५ बेडको अस्पताल निर्माणको लागि १८ करोड रुपैयाँ र सवा तीन करोडको दरले स्वास्थ्य चौकीको लागि वजेट विनियोजन गरिएको मेयर यादवले बताए ।
नगरपालिकाको सभाहल उद्घाटन कार्यक्रमको प्रमुख अतिथि काँग्रेसका केन्द्रिय सदस्य यादवले औरही नगरपालिकामा स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा व्यापक परिर्वतन आएको बताए । औरही नगरपालिकामा काँग्रेसको चौतर्फि विकास भएको बताउदै पुर्व मन्त्री यादवले भने,‘ सबै वडामा स्वास्थ्य चौकी, नगर अस्पताल निर्माण भएपछि नगरवासीलाई समान्य उपचारको लागि वाहिर जानुपर्ने वाध्यता हटेर जान्छ । यो नै ठुलो उपलब्धी हो ।’
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता तथा न्यु गोदावरी अस्पतालका संचालक डा. अकोश अधिकारीले नगर अस्पताल सुरु भएपछि आफ्नो अस्पतालका चिकित्सहरुले पनि आएर निःशुल्क रुपमा सेवा दिने प्रतिवद्धता जनाए । जग्गाको अभावमा स्वास्थ्य चौकी र नगर अस्पतालको शिलान्यासमा ढिलाई भएपनि निर्माण प्रक्रिया चाडै नै पुरा हुने सर्वसधारणलाई विश्वास दिलाएका थिए ।
कार्यक्रममा श्री शोन्फी दशै उच्च माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार यादवले मेयर यादवले विद्यालयमा भौतिक पुर्वाधार देखि विद्यालयलाई प्रदेशमै नमुना बनाउन ठुलो सहयोग गरेको बताए । नगरपालिकामा काँग्रेसको वहुमत नभएर पनि विभिन्न पार्टीका वडाध्यक्षहरुसँग मिलेर मेयर यादवले राम्रो काम गरेको स्थानीयको भनाई छ ।

सम्बन्धित खबर