LIVE
पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती |

जनकपुरधाम । ३ बैशाख
स्वास्थ्य सेवाका लागि रसायन तथा मेडिकल सामग्रीको व्यवसायिक कारोबार गर्दै आएको रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल धनुषा शाखाको प्रथम साधारणसभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
शनिवार संघको जनकपुरमा आयोजना गरिएको साधारण सभाबाट वर्तमान अध्यक्ष विनोद सरार्फलाई पुनः अध्यक्ष सर्वसहमत चयन गरिएको छ । भने वरिष्ठ उपाध्यक्षमा अर्जुन गुप्ता, उपाध्यक्षमा राजेश झा, महासचिवमा रामबाबु मण्डल, सचिवमा सन्तोष ठाकुर र कोषाध्यक्षमा सुजित साहलाई सर्वसहत चयन गरिएको छ ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको प्रमुख आतिथ्यमा संघको प्रथम साधारणसभा सम्पन्न भएको हो । साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष महासेठले हरेक प्रकारको व्यवसायको छुट्टाछुट्टै संघ संगठन हुनुपर्ने आफ्नो व्यवसायिक सपना रहेको र त्यसकै एउटा कडीको रुपमा रसायन तथा मेडिकल आपुर्ति संघ गठन भई सांगठनिक रुपले लिएको बताए । व्यवसायिक संघ संगठनलाई राजनीति नर्गन भन्दै पूर्ण रुपमा आफ्नो व्यवसाय र त्यसको हकहित तथा सुरक्षाका लागि कार्य गर्नुपर्ने उनले आग्रहा समेत गरे ।
२०७९ साललाई आफुहरुले व्यापारीक वर्षको रुपमा मनाउने योजनामा रहेको उनले बताए । मधेश प्रदेश र खासमा जनकपुरधाम क्षेत्रमा उद्योग खोल्न व्यवसायीहरु ईच्छुक भएपनि बढी क्षेत्रफलको जग्गाको अभावले खोल्न समस्या भईरहेको उनको भनाई थियो ।
कार्यक्रममा सर्जिकल औषधिको साधक सामग्री भएकोले यसलाई भ्याटमा नराख्न वक्ताहरुले सरकारसँग आग्रह गरेका थिए । साधारणसभामा जनकपुरधाम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनिष रमण साह, संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष कविराज पोखरेल, केन्द्रीय कार्यालयका सचिव दिपक गिरी, नेपाल औषधी व्यवासयी संघ धनुषाका अध्यक्ष सत्यनारायण साह, संघका बर्दिवास महोत्तरीका अध्यक्ष नवराज तिमिल्सिना लगायतले शुभकामना मन्तव्य राखेका थिए । भने कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अर्जुन गुप्ताले धन्यवादज्ञापन गरेका थिए ।

सम्बन्धित खबर