LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । ८ बैशाख
बिहिवार देखि एसईइीको परीक्षा संचालन हुने भएको छ ।
मधेश प्रदेश शिक्षा निर्देशानलय जनकपुरको अनुसार २०७८ सालको एसईईमा मधेश प्रदेशमा ७९ हजार ४०९ जना परीक्षार्थि रहेका छन् । शिक्षा निर्देशानलयका अनुसार सप्तरीमा ९ हजार ३२, सिरहामा १० हजार ६३४,धनुषामा १३ हजार ६२८, महोत्तरीमा ८ हजार ७५८, सलार्हीमा १० हजार ४२१, रौतहटमा ९ हजार ५७, बारामा ८ हजार ८२४ र पर्सामा ९ हजार ५५ जना परीक्षार्थि रहेका छन् ।
त्यसैगरि, विहान ८ वजेदेखि हुने परीक्षाको लागि सप्तरीमा ३६, सिरहामा ४१, धनुषामा ४३, महोत्तरीमा ३०, सर्लाहीमा ३६, रौतहटमा ३१, बारामा ३२ र पर्सामा २५ वटा परीक्षा केन्द्र तोकिएको मधेश प्रदेश शिक्षा निर्देशानलयका निर्देशक चुडामणि फुयालले जानकारी दिए । परीक्षालाई म्यार्दित र व्यवस्थित बनाउन ७ हजार १६६ जना कर्मचारी खटाईएको उनले जानकारी दिए ।
परीक्षाको आवश्यक तयारी भईसकेको बताउदै उनले भने,‘ सबै परीक्षा केन्द्रहरुमा केन्द्राध्यक्ष, उत्तर पुस्तिका, प्रश्नपत्र गईसकेको छ । परीक्षार्थी सिटको लेबल पनि सबै ठाउँमा लागि सकेको होला । अव बिहिवार शान्तिपुर्ण वातावरणमा परीक्षा हुन्छ ।’

सम्बन्धित खबर