LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

महोत्तरी । १६ बैशाख
महोत्तरीको औहरी नगरपालिका श्रीपुरमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का पिलर मानिएका अधिवक्क्ता रामछबिल यादवसहित दर्जनौ नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीसँग निकट सम्बन्ध रहेका अधिवक्ता यादवले शुक्रवार एक कार्यक्रममा काँग्रेसमा प्रवेश गरेका हुन् । अधिवक्ता यादवका भाई मनोज यादव, कारिचरण यादवसहित दर्जनौ युवाहरु काँग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई नेपाली काँग्रेसका युवा नेता तथा औहरी नगरपालिकाका मेयरका प्रत्यासि सुनिल कुमार यादवले उनीहरुलाई अविरमाला लगाई पार्टीमा प्रवेश गरेका हुन् । मनोज यादव अघि स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका थिए ।


पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पदका प्रत्यासि सुनिल कुमार यादवले विगतका निर्वाचनभन्दा आसन्न निर्वाचनमा नेपाली काँग्रेस दोबर मतले विजयी हुने दावि गरे । विगतमा औहरी नगरपालिकाको प्रमुख भएर आफुले गरेको कार्यलाई मुल्याङ्कन गरेर नै जनताले मतदान गर्ने बताउदै उनले भने,‘ मसँग माओवादी केन्द्रबाट चुनाव लडेका नरेन्द्र यादव, जसपाबाट चुनाव लडेका शंकर यादवसहितले अहिले काँग्रेसको रुखको छाहारीमा आउनु भएको छ । उहाँहरु काँग्रेसले नगरपालिकामा गरेको विकास निर्माणको काम देखेर नै प्रभावित भएका छन । त्यसकारण यो चुनावमा दोबर मतले काँग्रेसको विजयी हुन्छ ।‘
पछिल्लो साढे ४ वर्षको कार्यकालमा ग्रामिण क्षेत्रको नगरपालिका भएरपनि नगरपालिकालाई सम्वृद्ध बनाउन मजगुत अधार खडा गरेको उम्मेदवार यादवले दावि गरे ।

 

सम्बन्धित खबर