LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

महोत्तरी । १६ बैशाख
महोत्तरीको औहरी नगरपालिका श्रीपुरमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का पिलर मानिएका अधिवक्क्ता रामछबिल यादवसहित दर्जनौ नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीसँग निकट सम्बन्ध रहेका अधिवक्ता यादवले शुक्रवार एक कार्यक्रममा काँग्रेसमा प्रवेश गरेका हुन् । अधिवक्ता यादवका भाई मनोज यादव, कारिचरण यादवसहित दर्जनौ युवाहरु काँग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई नेपाली काँग्रेसका युवा नेता तथा औहरी नगरपालिकाका मेयरका प्रत्यासि सुनिल कुमार यादवले उनीहरुलाई अविरमाला लगाई पार्टीमा प्रवेश गरेका हुन् । मनोज यादव अघि स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका थिए ।


पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पदका प्रत्यासि सुनिल कुमार यादवले विगतका निर्वाचनभन्दा आसन्न निर्वाचनमा नेपाली काँग्रेस दोबर मतले विजयी हुने दावि गरे । विगतमा औहरी नगरपालिकाको प्रमुख भएर आफुले गरेको कार्यलाई मुल्याङ्कन गरेर नै जनताले मतदान गर्ने बताउदै उनले भने,‘ मसँग माओवादी केन्द्रबाट चुनाव लडेका नरेन्द्र यादव, जसपाबाट चुनाव लडेका शंकर यादवसहितले अहिले काँग्रेसको रुखको छाहारीमा आउनु भएको छ । उहाँहरु काँग्रेसले नगरपालिकामा गरेको विकास निर्माणको काम देखेर नै प्रभावित भएका छन । त्यसकारण यो चुनावमा दोबर मतले काँग्रेसको विजयी हुन्छ ।‘
पछिल्लो साढे ४ वर्षको कार्यकालमा ग्रामिण क्षेत्रको नगरपालिका भएरपनि नगरपालिकालाई सम्वृद्ध बनाउन मजगुत अधार खडा गरेको उम्मेदवार यादवले दावि गरे ।

 

सम्बन्धित खबर