LIVE
एसइइको रिजल्टमा सुधार ल्याउन स्वयंमसेवक शिक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार |

जनकपुरधाम ।
स्थानीय तहमको मतदानको समय नजिदै गर्दा जनकपुरधाम उपमहानगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयर पदका उम्मेदवार मनोज चौधरीले चुनावी अभियानलाई तिव्रता दिएका छन् ।
जनकपुरधामका विभिन्न वडामा दैनिक रुपमा घरदैलो कार्यक्रम गर्दै आएका उम्मेदवार चौधरीले आफ्ना चुनावी ऐण्डा र चुनावी मुद्दा मतदातालाई बुझाउन घरदैलो कार्यक्रमलाई तिव्र बनाएका हुन् । जनकपुरधाम धार्मिक तथा ऐतिहासिक शहर भएपनि कुशल नेतृत्वको अभावमा फोहल तथा ढलको व्यवस्थापन हुन नसकेको, लामखुट्टेको आतंकले वाहिरबाट आउने पर्यटकहरुमा नकरात्क धारणा बन्दै गएको तथा उपमहानगरपालिका जड गाडेको भष्टाचारले जनकुरपुरधाम बदनाम हुदै गएकोले त्यसलाई सुधार गर्न आफ्नो पहिलो प्राथमिकता रहेको उम्मेदवार चौधरीले बताए ।
मंगलवार जनकपुरधाम १४ मुजेलिया स्थित घरदैलो कार्यक्रमको क्रममा चौधरीले स्थानीय मतदातालाई जनकपुरधामको वर्तमान समस्या र त्यसको समाधानको उपायवारे आफ्ना चुनावी मुद्दा सुझाएका थिए । उनले मेयरमा निर्वाचित भएको एक वर्ष भित्रै हिलामय रहेको सडकहरुको सुधार, तथा ढल तथा नालाहरुको समुचित व्यवस्थापन गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रमममा लोसपा नेपाल धनुषाका अध्यक्ष तथा प्रदेशसभा सदस्य परमेश्वर साह,जनकपुरधाम उपमहानगरपालिकाबाट उपमेयरकि उम्मेदवार रिता कुमारी मिश्र,लोसपा युवा नेता संजय चौधरी लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित खबर