LIVE
पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती |

जनकपुरधाम ।
स्थानीय तहमको मतदानको समय नजिदै गर्दा जनकपुरधाम उपमहानगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयर पदका उम्मेदवार मनोज चौधरीले चुनावी अभियानलाई तिव्रता दिएका छन् ।
जनकपुरधामका विभिन्न वडामा दैनिक रुपमा घरदैलो कार्यक्रम गर्दै आएका उम्मेदवार चौधरीले आफ्ना चुनावी ऐण्डा र चुनावी मुद्दा मतदातालाई बुझाउन घरदैलो कार्यक्रमलाई तिव्र बनाएका हुन् । जनकपुरधाम धार्मिक तथा ऐतिहासिक शहर भएपनि कुशल नेतृत्वको अभावमा फोहल तथा ढलको व्यवस्थापन हुन नसकेको, लामखुट्टेको आतंकले वाहिरबाट आउने पर्यटकहरुमा नकरात्क धारणा बन्दै गएको तथा उपमहानगरपालिका जड गाडेको भष्टाचारले जनकुरपुरधाम बदनाम हुदै गएकोले त्यसलाई सुधार गर्न आफ्नो पहिलो प्राथमिकता रहेको उम्मेदवार चौधरीले बताए ।
मंगलवार जनकपुरधाम १४ मुजेलिया स्थित घरदैलो कार्यक्रमको क्रममा चौधरीले स्थानीय मतदातालाई जनकपुरधामको वर्तमान समस्या र त्यसको समाधानको उपायवारे आफ्ना चुनावी मुद्दा सुझाएका थिए । उनले मेयरमा निर्वाचित भएको एक वर्ष भित्रै हिलामय रहेको सडकहरुको सुधार, तथा ढल तथा नालाहरुको समुचित व्यवस्थापन गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रमममा लोसपा नेपाल धनुषाका अध्यक्ष तथा प्रदेशसभा सदस्य परमेश्वर साह,जनकपुरधाम उपमहानगरपालिकाबाट उपमेयरकि उम्मेदवार रिता कुमारी मिश्र,लोसपा युवा नेता संजय चौधरी लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित खबर