LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

महोत्तरी ।
महोत्तरीको औहरी नगरपालिका निवर्तमान मेयर सुनिल कुमार यादवले समुदायको महान पर्व इदुल फितरको अवसरमा मस्जिद र इदगाह मै गएर नगरपालिकामा इस्लाम धर्मावलम्बीहरुमा शुभकामना व्यक्त गरेका छन् ।
एक महिनो रोजा पश्चात मनाईने इदुल फीतरको अवसरमा आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट औहरी नगरपालिकाको मेयर पदमा पुनः उम्मेदवारी दिएका यादवले मंगलवार विहान मुस्लिम समुदायका नमाजका लागि जम्मा हुने मस्जिद र ईदगाहमा गएर शुभकाना व्यक्त गरेका हुन् । औहरी नगरपालिका वडा नम्बर ३ श्रीपुरको रहेको मस्जिद र वडा नम्बर १ मा रहेको ईदगाहमा गएर स्थानीय मुस्लिम समुदायका व्यक्तिहरुलाई आकंमाल गर्दै ईदका शुभकामना दिएका हुन ।


आफ्ना कार्यकालमा अन्य समुदाय जस्तै मुस्लिम समुदायको विकास र उत्थानको लागि आफुले समानुपातिक र समावेशी हिसावले हरेक क्षेत्रमा काम गरेको उनले बताए । नगरपालिकाको चौतर्फि विकासमा टेवा पुग्ने गरि आफुले पहिलो कार्यकालमा काम गरेको बताउदै उनले भने,‘ नगरपालिकालाई सम्वृद्धि र विकासको पथमा अगाडी बढाउन मैले बलियो अधार खडा गरेको छु । अवको नगरवासीको पुनः अर्शिवाद पाएको खण्डमा सम्वृद्ध नगरपालिका र खुसी नगरवासीको सपनालाई पुरा गरेर देखाउछु ।’ सो अवसरमा औहरी नगरपालिका मुस्लिम समुदायले निवर्तमान मेयरलाई भव्य स्वागत र सम्मान गरेका थिए ।

सम्बन्धित खबर