LIVE
मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित | धनुषाबाट हजका लागि सउदी अरब जान लागेका हज यात्रीलाई विदाई तथा सम्मान | महोत्तरीे भंगाहाकी एक किशोरीलाई विहेको प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोप | भारत–पाकिस्तान बीचको तनावले सिमावर्ती क्षेत्रमा उच्च सतर्कता, आवतजावतमा कडाई | रंगशालाको जग्गाको भाडा बढाएपछि जनप्रतिनधीले गरे मुख्यमन्त्री सिंहसँग गुनासो | केही सञ्चारमाध्यममा आएको समाचार झुठो रहेको भन्दै जनमतको अधिकारिक स्पष्टीकरण | झडपका कारण एमाले धनुषा अधिवेशन अनिश्चित | एमाले धनुषाको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदै, अध्यक्षमा भोला र लक्ष्मीनारायण बीच प्रतिस्पर्धा | मधेश प्रदेशमा आज सार्वजनिक विदा | नेकपा एसले मुख्यमन्त्री सिंहलाई ५२ बुँदे ज्ञापनपत्र बुझाए |

महोत्तरी ।
महोत्तरीको औहरी नगरपालिका निवर्तमान मेयर सुनिल कुमार यादवले समुदायको महान पर्व इदुल फितरको अवसरमा मस्जिद र इदगाह मै गएर नगरपालिकामा इस्लाम धर्मावलम्बीहरुमा शुभकामना व्यक्त गरेका छन् ।
एक महिनो रोजा पश्चात मनाईने इदुल फीतरको अवसरमा आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट औहरी नगरपालिकाको मेयर पदमा पुनः उम्मेदवारी दिएका यादवले मंगलवार विहान मुस्लिम समुदायका नमाजका लागि जम्मा हुने मस्जिद र ईदगाहमा गएर शुभकाना व्यक्त गरेका हुन् । औहरी नगरपालिका वडा नम्बर ३ श्रीपुरको रहेको मस्जिद र वडा नम्बर १ मा रहेको ईदगाहमा गएर स्थानीय मुस्लिम समुदायका व्यक्तिहरुलाई आकंमाल गर्दै ईदका शुभकामना दिएका हुन ।


आफ्ना कार्यकालमा अन्य समुदाय जस्तै मुस्लिम समुदायको विकास र उत्थानको लागि आफुले समानुपातिक र समावेशी हिसावले हरेक क्षेत्रमा काम गरेको उनले बताए । नगरपालिकाको चौतर्फि विकासमा टेवा पुग्ने गरि आफुले पहिलो कार्यकालमा काम गरेको बताउदै उनले भने,‘ नगरपालिकालाई सम्वृद्धि र विकासको पथमा अगाडी बढाउन मैले बलियो अधार खडा गरेको छु । अवको नगरवासीको पुनः अर्शिवाद पाएको खण्डमा सम्वृद्ध नगरपालिका र खुसी नगरवासीको सपनालाई पुरा गरेर देखाउछु ।’ सो अवसरमा औहरी नगरपालिका मुस्लिम समुदायले निवर्तमान मेयरलाई भव्य स्वागत र सम्मान गरेका थिए ।

सम्बन्धित खबर