LIVE
मधेश प्रदेशका जिल्लाहरुमा लोक अस्थाको पर्व छठको रौनक | मुख्यमन्त्री सिँहद्वारा धनुषाका प्रहरी उपरीक्षक तिवारी सम्मानित | जनकपुर वारका सचिव आलमसहित पाँच जना सम्मानित | जनकपुरधाममा दिपावलीको धुमधाम | थाला परेको मधेशको अर्थतन्त्रलाई चाडपर्वले बनायो चलायमान | गाजामा आर्तनादको भयानक दृश्य,जुन एउटी नर्सले फोनमा रेकर्ड गरिन् | सिरहामा एक मलेसियन नागरिकसहित चारजनालाई पक्राउ | राष्ट्र संघबाट इजरायललाई हटाइनुपर्छ  | हिलोमा चिप्लेर हुने सवारी दुर्घटना रोक्न वर्षामै चालकहरुलाई सर्तक गराउँदै धनुषा ट्राफिक प्रहरी | जनकपुरधामसहित धनुषाको ट्राफिक व्यवस्ता चुस्त बनाउन प्रमुख वलीको सक्रियता |

महोत्तरी । स्थानीय तहको निर्वाचन अन्तर्गत आज मंगलवार राती १२ वजेदेखि मौन अवधि सुरु हुदै छ । मौन अवधि सुरु भएसँगै राजनीतिक दललाई प्रचारप्रसार गर्न प्रतिबन्ध लगाइने छ । मौन अवधिमा दलहरुले प्रचार प्रसार गर्न पाईने छैन । यसैबीच, महोत्तरीको औहरी नगरपालिकाको चुनावी मैदानमा अहिले सम्म नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार सुनिल कुमार यादव अग्र स्थानमा देखिएका छन् । दोस्रो कार्यकालको चुनावी मैदानमा उत्रेका यादवले पछिल्लो साढे ४ वर्षमा गरेको काम देखेर उनको औहरी नगरपालिका उनको पक्षमा जनलहर देखिएको हो । औहरी नपाको वडा नम्बर १ देखि ९ सम्म नेपाली काँग्रेस प्रतिस्पर्धा देखिएका छन् ।
औहरी नगरपालिकामा मेयर पदमा स्वतन्त्रसहित ११ जनाले उम्मेदवारी दिएका छन् । काँग्रेसबाट सुनिल कुमार यादव, नेकपा एमालेबाट सरोज यादव, जसपाबाट सुसिल यादव, माओवादी केन्द्रबाट प्रमोद मण्डल र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट प्रदिप खड्का उम्मेदवार रहेका छन् । उम्मेदवार मध्ये, जसपाका सुसिल यादव र माओवादीका मण्डल औहरी नगरपालिका वडा नम्बर १ का हुन भने एमालेका सरोज यादव र लोसपाका उम्मेदवार खडका वडा नम्बर २ का हुन् । यसरी वडा १ र २ औहरीमै पर्ने भएकोले यसमा ४ जना उम्मेदवार रहेका छन् । एउटै गाउँबाट ४ जना उम्मेदवार रहेको अवस्थामा त्यहाँको वोट बाडिने निश्चत छ । फेरि विगतमा माओवादीबाट मेयरमा उम्मेदवारि दिएका नारेन्द्र यादव करिव एक वर्ष अघि नै काँग्रेसको रुख मुनि आईसकेका हुन ।
प्रदेश सभा सदस्यमा चुनावमा लडने मनसायमा रहेका यादवलाई उम्मेदवार यादवलाई जिताउनु पर्ने वाध्यता देखिएको छ । तत्कालिन राजपाबाट उम्मेदवारी दिएका शंकर यादवको वुहारी रेखा यादव नै नेपाली काँग्रेसबाट उपमेयरमा चुनावी मैदानमा छिन । यस हिसावले पनि औरही नपा १ मा पनि काँग्रेस राम्रो अवस्थामा छन् ।अर्थात लोसपाका वरिष्ठ नेता शरत सिंह भण्डारीको गाउँमै काँग्रेस चुनावी बाजि मार्न निश्चत जस्तै रहेको स्थानीयको भनाई छ । वडा नम्बर १ र २ मा अन्य उम्मेदवारभन्दा काँग्रेसको राम्रो निकै राम्रो छ, स्थानीय अल्लाउदिन साफीले भने,‘ वडा १ र २ का मात्रै ४ जनाले उम्मेदवारि दिएका छन् । यस्तो अवस्थामा उनीहरुको स्थानीय वोट बाडफाड हुन्छ । तर यि दुई वडामा नारेन्द्र, शंकर यादव पार्टीमा आउदाँ काँग्रेसको ग्राफ निकै अगाडी बढेर गएको छ ।’

यता, औहरी नपा ४,५ र ६ काँग्रेसको गढ नै हो । वडा नम्बर ३ जसपाले जितेका थिए । तर जसपाका उम्मेदवार लोसपाबाट उम्मेदवारी दिएका काँग्रेसको अवस्था सो वडामा पनि राम्रो भएको छ । काँग्रेसका युवा नेता सुरेन्द्र साहले भने,‘ लोसपा र जसपाबाट धेरै साथि काँग्रेसमा प्रवेश गरेका छन्, सो वडामा लोसपाको संगठन नै छैन, फेरि सो वडामा पहिला जितेका व्यक्तिले केहि नगरेकाले उनीबाट जनता रुष्ट छन् । त्यसकारण यसपालिका वडा नम्बर ३ पनि हामी नै जित्छौ ।’
वडा नम्बर ९का पनि काँग्रेसको अवस्था विगतको भन्दा धरै राम्रो मानिएको छ । यस अघि तत्कालिन राजपा र अहिलेको लोसपाबाट गौरी शंकर झाले केहि मतले चुनाव जितेका थिए । तर झाले जनताको अपेक्षा अनुसारको काम गर्न सकेका छैनन् । उनका निकट सहयोगिहरु काँग्रेस, माओवादी र जसपाको लागेको छन् । यस हिसावले लोसपाको वडा नम्बर ९ मा अवस्था दयनिय नै देखिन्छ ।
यसरी वडा १ देखि ९ सम्मको अवस्था देख्दा औहरी नगरपालिकामा काँग्रेस अग्र स्थानमा मात्रै नभनौ उनको प्रतिस्पर्धि दलहरु निकै पछाडि देखिएका छन् । एक जनाकार भन्छन्, अहिलेको अवस्थामा औहरीमा काँग्रेस निकै अगाडी छन्, त्यसपछि क्रमश एमाले, जसपा, लोसपा र माओवादी केन्द्र रहेका छन् । उनले अगाडी भने,‘ औरही नपामा काँग्रेस एक नम्बरमा छ, बाँकी दलहरु दोस्रो हुन मात्रै प्रतिस्पर्धा गरिरहेका छन् ।’
एक प्र्रश्नमा उनले भने,‘लोसपाका उम्मेदवार खड्का क्रसर उद्योगि, ठेक्केदार र पैसा वालको भएकोले वाहिर रुपमा उनको तामझाम देखिन्छ । तर वास्तविकतामा चुनावी मैदानमा उनी काग्रेसभन्दा निकै पछाडि छन् ।’ लामो सम्म पार्टीको झण्डा बोक्ने नेतालाई उम्मेदवार नबनाएर टिकटकै लागि केहि दिन अघि पार्टीमा प्रवेश गर्नेलाई उम्मेदवार बनाएपछि लोसपाका नेताहरुमा चरम असंतुष्टि देखिएको उनले बताए ।

सम्बन्धित खबर