LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

जनकपुरधाम । मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले पैसा वित्तरण गरेको आरोप लगाउदै हुलहुजत र अक्रमण गर्न खोजेपछि प्रहरीले अन्सारीलाई उद्धार गरेको छ ।
दुई दिनदेखि अघि जनकपुर आएका अन्सारीले स्थनीय सीता शरण टोलमा बसेर मतदातालाई प्रभावित गर्न अन्सारीले पैसा वित्तरण गरेको आरोप लगाउदै एमालेका उम्मेदवार शिवशंकर साहका केहि समर्थकहरुले होटल नै घेराउ गरि हुलहुत गर्न खोजेपछि प्रहरीले उनलाई तत्काल उद्धार गरि काठमाण्डौ पठाएका हुन् । अन्सारीको आज जनकपुरबाट ११ वजे काठमाण्डौ जाने कार्यक्रम रहेको थियो । तर १० वजे देखि नै उनीहरुले होटल घेराउ विरोध गरिरहेका थिए ।
धनुषाका प्रहरी प्रवक्ता प्रहरी नाउव उपरीक्षक प्रदिप वहादुर क्षेत्रीले एमालेका उम्मेदवारका समर्थकहरुले होटल नै घेराउ गरेपछि तत्काल अध्यक्षलाई उद्धार गरेको बताए । उहाँ(अध्यक्ष) आज विहान एमालेका सासदहरुसँग होटलमै भेटघाट र सँगै खाना खाएको थियो,‘ तर त्यहाँबाट नै पैसा बाडेको अपवाह चलेपछि एमालेका सर्थकहरु टोहल घेरा गर्न पुगेका थिए ।’
यता, प्रहरीले झुठो हल्ला फैलाएको आरोपमा प्रहरीले एमालेका जनकपुरधाम नगर अध्यक्ष सुरेन्द्र भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । भण्डारीलाई प्रहरीले अहिले जिल्ला प्रहरीमा राखिएको छ ।

सम्बन्धित खबर