LIVE
मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित |

जनकपुरधाम । मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले पैसा वित्तरण गरेको आरोप लगाउदै हुलहुजत र अक्रमण गर्न खोजेपछि प्रहरीले अन्सारीलाई उद्धार गरेको छ ।
दुई दिनदेखि अघि जनकपुर आएका अन्सारीले स्थनीय सीता शरण टोलमा बसेर मतदातालाई प्रभावित गर्न अन्सारीले पैसा वित्तरण गरेको आरोप लगाउदै एमालेका उम्मेदवार शिवशंकर साहका केहि समर्थकहरुले होटल नै घेराउ गरि हुलहुत गर्न खोजेपछि प्रहरीले उनलाई तत्काल उद्धार गरि काठमाण्डौ पठाएका हुन् । अन्सारीको आज जनकपुरबाट ११ वजे काठमाण्डौ जाने कार्यक्रम रहेको थियो । तर १० वजे देखि नै उनीहरुले होटल घेराउ विरोध गरिरहेका थिए ।
धनुषाका प्रहरी प्रवक्ता प्रहरी नाउव उपरीक्षक प्रदिप वहादुर क्षेत्रीले एमालेका उम्मेदवारका समर्थकहरुले होटल नै घेराउ गरेपछि तत्काल अध्यक्षलाई उद्धार गरेको बताए । उहाँ(अध्यक्ष) आज विहान एमालेका सासदहरुसँग होटलमै भेटघाट र सँगै खाना खाएको थियो,‘ तर त्यहाँबाट नै पैसा बाडेको अपवाह चलेपछि एमालेका सर्थकहरु टोहल घेरा गर्न पुगेका थिए ।’
यता, प्रहरीले झुठो हल्ला फैलाएको आरोपमा प्रहरीले एमालेका जनकपुरधाम नगर अध्यक्ष सुरेन्द्र भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । भण्डारीलाई प्रहरीले अहिले जिल्ला प्रहरीमा राखिएको छ ।

सम्बन्धित खबर