
जनकपुरधाम .
महोत्तरीको बलबा नगरपालिका वडा नं.११ मा नेकपा माओवादी केन्द्र जितेको छ ।
माओवादी केन्द्रबाट अशोक कुमार यादव ८३३ मत ल्याएर वडाध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टी (जसपा) का मकसुद शेषले ४८९ मत ल्याएका छन् । यादव ३४४ मत अन्तरले विजयी भएका हुन् ।
लामोसमयदेखि लोकतान्त्रिक समाजवादी पार्टीमा सक्रिया यादवलाई पार्टीले टिकट नदिएपछि माओवादी केन्द्रबाट उम्मेदवारी दिएका थिए ।