
जनकपुरधाम ।
राजनीतिक दलहरुको बीचको विवादले धनुषाको दुई पालिकामा सोमवार विहानैदेखि मतगणना कार्य रोकिएको छ ।
जिल्लाको धनौजी गाउँपालिका र नगराईन नगरपालिकामा मतपत्र लिएर दलहरु बीच विवाद हुदाँ मतगणना कार्य रोकिएको हो । पोलिङ्गभन्दा बढी मतपत्र फेला परेको विषयमा दलहरु बीचको भएको विवाद उग्र रुप लिएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन दर्जनौ राउण्ड आश्रुग्यास र हवाई फायर गरेको छ । प्रहरीले गरेको हवाई फायरको गोलीको छरा नेकपा एकिकृत समाजवादी पार्टीको एक कार्यकर्ताको लागेको छ । सो गापा नेकपा एकिकृत समाजवादी अध्यक्षका उम्मेदवार राजकुमार यादवले प्रहरीले गरेको हवाई फायरको क्रममा आफ्ना एक कार्यकर्ताको गोलिको छरा समेत लागेको बताए ।
धनौजी गाउँपालिका वडा नम्बर १ लखौरी टोलको मतगणनाको क्रममा पोलिङ्गभन्दा बढी मत पत्र फेला परेपछि दलहरु बीच विवाद उत्पन्न भएको छ । विवाद हुनु अघि वडा नम्बर ३,४ र ५ को मत सार्वजनिक भईसकेको थियो । ति वडाहरुमा काँग्रेसको उम्मेदवारहरुको राम्रो अवस्था नभएपनि मत पत्रमा उनीहरुको तिजे पछि हामीले स्वीकार गरियो, नेकपा एसका उम्मेदवार यादवले भने,‘ वडा नम्बर १ मा पोलिङ्गभन्दा करिव २०÷२५ मत बढी भएपछि म लगायत अन्य पार्टीका साथिहरुलाई शंका लागेको हो ।’ निर्वाचनमा काँग्रेसले धाधली गरेको भन्दै वडा नम्बर १ देखि ५ सम्मको पुनः मतदान हुनुपर्ने माग सहित आफुहरु मतगणना स्थगित गराएको उनले बताए ।
यता, धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसहितको टोली धनौजि सर्वदलिय वैठक गरेपनि अहिले सम्म अवस्था समान्य हुन नसकेको उनले बताए । काँग्रेस वाहेका सबै दल पुनः निर्वाचनको माग गरिरहेको छ भने स्थानीय प्रशासनले मतपेटिका खुलि सकेको अवस्थामा पुनः मतदान हुन नसक्ने अडानमा रहेको छ ।
त्यसैगरि, धनुषाको नगराईन नगरपालिका पनि मतगणना विषयमा दलहरु बीच विवाद हुदाँ सोमवार विहानैदेखि मतगणना रोकिएको छ । त्यहाँ पनि लोकतान्त्रिक समाजवादी (लोसपा)सहितका दलहरुले काँग्रेसले निर्वाचनमा धाधली गरेको आरोप लगाउदै मतगणना कार्य रोकेको छ । नगराईन नगरपालिका वडा नम्बर २ मा मतदान अधिकृतको हस्ताक्षर बिनाको २० वटा मत पत्र बढी देखिएपछि दलहरु बीच विवाद भएको हो । सो पालिकामा लोसपाका उम्मेदवार राजु चौधरीले निर्वाचन अधिकृत र मतदान अधिकृतको मिलोमतोमा काँग्रेसले निर्वाचनमा धाधली गरेको आरोप लगाए । अन्य पार्टीका उम्मेदवारको पाएको मत पत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर छ, उनले भने, मैले पाएको अधिकांश मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर छैन । त्यसकारण यो कुनै षडयन्त्र हो, गलत नियतले यस्तो गरिएको छ ।’ यो समस्या समधान नभए आफु अदालत जाने उनले चेतावनी समेत दिए ।
काँग्रेसका युवा नेता परवेश चौधरीका अनुसार स्थगित गरिएको मतगणना सुचारु गर्न दलहरु बीच अहिले छलफल भईरहेको छ ।
यसैबीच, धनुषाको बटेश्वर गाउँपालिकामा पनि विहानैदेखि स्थगित गरिएको मतगणना कार्य दिउँसो २ बजेबाट मात्रै सुरु भएको छ ।
वटेश्वर गाउँपालिका वडा नम्बर २ को मतगणना भईरहेको वेला २५० मत पत्र गणना भएपछि दलहरु बीच विवाद भएको थियो । २५० वटै मत पत्रमा काँग्रेस मत पाईपछि अन्य दलहरुले शंका गरेका थिए । तर पछि निर्वाचन अधिकृत उद्धव ढोडारीले अस्वधानी र लापवाहीले एउटै मत पत्र दुई चोटी गणना हुन पुग्दा यस्तो भएको र दलहरुसँग माफि मागेपछि पुन मतणना सुरु भएको स्थानीय संचारकर्मि विनोद महतोले जानकारी दिए ।