
जनकपुरधाम ।
जनता समाजवादी पार्टी (जसपा)ले धनुषामा एक पालिका जितेको छ ।
जिल्लाका अन्य पालिकाहरुको मतगणना भईरहेको वेला जसपाले सबभन्दा अगाडी धनुषामा एक पालिका जितेर खाता खोल्न सफल भएको छ । जसपाबाट जनकनन्दनी गाउँपलिकाको अध्यक्ष पदका उम्मेदवार दिपेन देव यादव विजयी भएका हुन । यादवले ३ हजार १ सय ५७ मत ल्याएर विजयी भएका हुन भने उहाँको निकटत प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवार सुदेश कुमार चौधरी २ हजार ७ सय ७८ मत मात्र ल्याउन सकेकेको सो पालिकाका निर्वाचन अधिकृत ठुलबाबु दाहालले जानकारी दिए ।