LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । धनुषाको दुई गाउँपालिकामा नेपाली काँग्रेसले जीत हात पारेको छ ।
जिल्लाको धनौजि गाउँपालिाका काँग्रेसको तर्फबाट काँग्रेसका उम्मेदवार राजकुमार साह र लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्षमा काँग्रेसका उम्मेदवार भोगेन्द्र मिश्र विजयी भएका हुन ।
धनौजी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसको उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका राजकुमार साहले ९९ मत अन्तरले विजयी भएका हुन् । साहे २ हजार २६२ मत ल्याएरका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जीवेन्द्र झाले २ हजार १६३ मत ल्याएका छन् ।
त्यसैगरि, उपाध्यक्षमा कांग्रेसकी रामवती देवी मण्डल २ हजार ४३० मत ल्याएर निर्वाचित भएकी छन् । लोसपाका उपाध्यक्षका उम्मेदवार रन्जिता देवी मण्डलले १ हजार ९०१ मत ल्याएकी हुन् ।
सोमवार दिनभिर उक्त पालिकामा मतपत्र लिएर दलहरु बीच विवाद भएको थियो । तर सोमवार साँझ प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पोडेलले पहल गरेपछि दलहरु मतपगणना गर्न तयार भएका थिए । यस अघि पनि काँग्रेसकै बद्रि सिंह सो गाउँपालिकामा अध्यक्ष रहेका थिए ।

सम्बन्धित खबर