LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम ।
नेकपा एमाले धनुषाकाको थप एक पालिका प्रमुखमा विजयी भएको छ ।
जिल्लाको विदेह नगरपालिकामा एमालेका उम्मेदवार बेचन दास ४ हजार ४ सय १२ मत ल्याई विजयी भएका हुन् । भने उनका निकटतम प्रतिस्पर्धि नेकपा एकिकृत समाजवादी पार्टीका उम्मेदवार राजिकिशोर रोहिता यादवले ३ हजार ४ सय २६ मत मात्र ल्याएका सकेका हुन ।
त्यसैगरि, उपमेयरमा पनि एमालेका उम्मेदवार आशादेवि झा ४ हजार ६ सय ५९ मत ल्याई विजयी भएका हुन् भने निकटमत प्रतिस्पर्धि नेकपा एकिकृत समाजवादी पार्टीका उपमेयरका उम्मेदवार सिमा कुमारी महतोले २ हजार ८ सय २७ मत ल्याएकी थिईन ।
मेयरमा निर्वाचित दास अघि नेकपा मओवादी केन्द्रबाट पनि सोही नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । तर पार्टी विभाजनको क्रममा उनी माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गरेका थिए ।
एमालेले पनि खोल्यो धनुषामा पालिका प्रमुखमा खाता
जनकपुरधाम । नेकपा एमालेले पनि धनुषामा पालिका प्रमुखमा खाता खोल्न सफल भएको छ ।
जिल्लाको औहरी गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार उमाशंकर साह र उपाध्यक्षका उम्मेदवार पुनम कुमारी विजयी भएका हुन् ।
उमाशंकर साहले ३ हजार ३ सय २६ मत ल्याई निर्वाचित भएका हुन । उनका निकटमत प्रति द्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवार व्रहमदेव यादवले २ हजार ९ सय २३ मत ल्याएका छन् । त्यसैगरि, काँग्रेसका उपाध्यक्ष उम्मेदवार रिंकी कुमारी मण्डलले २ हजार ७ सय ९० मत ल्याएका हुन् । भने एमालेका उपाध्यक्ष उम्मेदवार पुनम कुमारी साह २ हजार ९ सय ४९ मत ल्याई मण्डललाई पराजित गरेकी हुन् ।

नेपाली काँग्रेसबाट अध्यक्ष पदका उम्मेदवार यादव यस अघि सो पालिकाका अध्यक्षमा निर्वाचित भएका थिए । यो सँगै नेकपा एमालेले पनि पालिका प्रमुख धनषामा खाता खोल्न सफल भएको छ । यस नेपाली काँग्रेस धनौजि र लक्ष्मीनिया गाउँपालिका अध्यक्षमा निर्वाचित भईसकेका छन् भने जसपाका उम्मेदवार जनकनन्दनी गाउँपालिका अध्यक्षमा निर्वाचित भईसकेका छन् ।

सम्बन्धित खबर