LIVE
आजको मौसम : चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना | जनकपुरधामका राईन दम्पतीलाई हज यात्रा अघि इस्लाम समाज सेवा समितिद्वारा सम्मान | न्यायका लागि सरोकारबारलाई गुहार लगाउँदै सर्लाहीका अन्सारी परिवार, पीडितलाई न्याय दिलाउने पुर्व गृहराज्यमन्त्री अन्सारीको प्रतिवद्धता | जनमत पार्टीका नेता सहनी र कुँवरद्धारा एकैदिन पाँच योजनाको शिलान्यास | सुगुरको खोरमा थुनेर मुस्लिमलाई कुटपिट, अभियुक्तहरु छुटाउन प्रशासनलाई दबाब, कडा कारर्वाही गर्न अध्यक्ष अन्सारीको माग | वाटरल्यान्ड पार्कमा झडपको क्रममा १० जना विद्यार्र्थी पक्राउ | मधेशका गौरवका दुधमति नदीको संरक्षण एवं सौन्दर्यकरण आयोजनामा तिव्रता | आगामी आवको बजेट तयारीमा मधेश सरकार ः चालू वर्षको बजेटभन्दा १४ अर्ब कमको तोकियो सिलिङ | मुख्यमन्त्री सिँहद्वारा विद्यालय अनुगमन | मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित |

जनकपुरधाम ।
नेकपा एमाले धनुषाकाको थप एक पालिका प्रमुखमा विजयी भएको छ ।
जिल्लाको विदेह नगरपालिकामा एमालेका उम्मेदवार बेचन दास ४ हजार ४ सय १२ मत ल्याई विजयी भएका हुन् । भने उनका निकटतम प्रतिस्पर्धि नेकपा एकिकृत समाजवादी पार्टीका उम्मेदवार राजिकिशोर रोहिता यादवले ३ हजार ४ सय २६ मत मात्र ल्याएका सकेका हुन ।
त्यसैगरि, उपमेयरमा पनि एमालेका उम्मेदवार आशादेवि झा ४ हजार ६ सय ५९ मत ल्याई विजयी भएका हुन् भने निकटमत प्रतिस्पर्धि नेकपा एकिकृत समाजवादी पार्टीका उपमेयरका उम्मेदवार सिमा कुमारी महतोले २ हजार ८ सय २७ मत ल्याएकी थिईन ।
मेयरमा निर्वाचित दास अघि नेकपा मओवादी केन्द्रबाट पनि सोही नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । तर पार्टी विभाजनको क्रममा उनी माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गरेका थिए ।
एमालेले पनि खोल्यो धनुषामा पालिका प्रमुखमा खाता
जनकपुरधाम । नेकपा एमालेले पनि धनुषामा पालिका प्रमुखमा खाता खोल्न सफल भएको छ ।
जिल्लाको औहरी गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार उमाशंकर साह र उपाध्यक्षका उम्मेदवार पुनम कुमारी विजयी भएका हुन् ।
उमाशंकर साहले ३ हजार ३ सय २६ मत ल्याई निर्वाचित भएका हुन । उनका निकटमत प्रति द्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवार व्रहमदेव यादवले २ हजार ९ सय २३ मत ल्याएका छन् । त्यसैगरि, काँग्रेसका उपाध्यक्ष उम्मेदवार रिंकी कुमारी मण्डलले २ हजार ७ सय ९० मत ल्याएका हुन् । भने एमालेका उपाध्यक्ष उम्मेदवार पुनम कुमारी साह २ हजार ९ सय ४९ मत ल्याई मण्डललाई पराजित गरेकी हुन् ।

नेपाली काँग्रेसबाट अध्यक्ष पदका उम्मेदवार यादव यस अघि सो पालिकाका अध्यक्षमा निर्वाचित भएका थिए । यो सँगै नेकपा एमालेले पनि पालिका प्रमुख धनषामा खाता खोल्न सफल भएको छ । यस नेपाली काँग्रेस धनौजि र लक्ष्मीनिया गाउँपालिका अध्यक्षमा निर्वाचित भईसकेका छन् भने जसपाका उम्मेदवार जनकनन्दनी गाउँपालिका अध्यक्षमा निर्वाचित भईसकेका छन् ।

सम्बन्धित खबर