LIVE
मधेश प्रदेश सरकारले मनाइयो बलिदानी दिवस | बृहत्तरका तत्कालिन निर्देशक बलराम ठाकुर सरकारी छाप किर्ते आरोपमा पक्राउ | प्रदेश पर्यटन सम्बन्धी विद्येयक पारित | प्रदेश सभामा सरकार विरुद्ध उत्रे सत्ता र प्रतिपक्षी दलका साँसदहरु | जय ट्रफी मधेश र बागमती प्रदेश बीचको खेल बराबरीमा सम्पन्न | नेपाल प्रजातन्त्र सेनानी संघ मधेश प्रदेशको अध्यक्षमा वरिष्ठ पत्रकार साह सर्वसहमत | जय ट्रफीमा मधेसका ब्याट्समैनहरु बागमतिबिरुद्ध निरिह, पहिलो पारी १०२ रनमै सीमित | चिसोको कारण मधेशका जिल्लाको जनवीवन प्रभावित | २५ पुसदेखि पहिलो पटक मधेशमा सरकारी स्तरबाट एमबिबिएसको पठपाठन हुदै | मधेशमा स्थानीय सेवा ऐन संशोधनको माग गर्दै कर्मचारीहरूको धर्ना जारी |

जनकपुरधाम ।
जनकपुरधाम उपमहानगरपालिकाका नव निर्वाचित मेयर मनोज कुमार साहले वडाध्यक्ष र सदस्यहरुलाई पद तथा गोपनीयताका सथप गराएका हुन् ।
जनकपुरधाम उपमहानगरपालिकाको प्राङ्गमा विहिवार आयोजना गरिएको कार्यक्रममा मेयर साहले नव निर्वाचित वडाध्यक्ष र सदस्यहरुलाई अलग अलग पद तथा गोपनीयताका सपथ गराएका हुन् ।
एमालेबाट निर्वाचितहरु वडाध्यक्षहरुद्वारा वहिस्कार
सपथ ग्रहरण कार्यक्रममा नेकपा एमाले वाहेका सबै पार्टीबाट निर्वाचित वडाध्यक्ष तथा सदस्यहरु सहभागि भएका थिए । कार्यक्रममा नेपाली काँग्रेस, माओवादी केन्द्र, लोसपा, जसपा तथा स्वतन्त्र भई निर्वाचन जितेका वडाध्यक्षहरुको सहभागिता रहेको थियो । एमालेबाट उपमहानगरपालिकामा निर्वाचित वडाध्यक्ष तथा सदस्य गरि ९ जनाले हस्ताक्षर गरेको प्रेस विज्ञप्तीमा संघिय तथा प्रदेश सरकारको कुनै पदमा बहाल नरहेका व्यक्तिलाई कार्यक्रमको प्रमुख अतिथि बनाएकोले आफुहरुले त्यसको वहिस्कार गरेको उल्लेख छ ।
नव निर्वाचित मेयर साह कुनै पार्टीबाट नभई स्वतन्त्र रुपमा उम्मेदवारी जितेको भएपनि उनी काँग्रेसका पुर्व उपसभापति बिमलेन्द्र निधीलाई प्रमुख अतिथि बनाएकोले आफुहरु कार्यक्रममा सहभागि नभएको जारी प्रेस विज्ञप्तीम उल्लेख छ । प्रेस विज्ञप्तीमा जनकपुरधाम वडा नम्बर ५ का वडाध्यक्ष बेचन साह, ८ का दिनेश सिंह, महेन्द्र साह लगायतका हस्ताक्षर रहेको छ ।

नगरको विकासको लागि पार्टीको स्वार्थभन्दा माथि उठनुस् ः निधी

यता, शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै काँग्रेसका पुर्व सभापति तथा पुर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधीले आफ्ना गाउँठाउँको विकासको लागि राजनीतिक स्वार्थभन्दा उठेर काम गर्नुपर्ने बताए ।
‘नगरको विकासमा राजनीतिक नगर्नुस, गर्नु छ भने विकासको राजनीतिक गर्नुस्,’ नेता निधीले भने,‘ स्थानीय तहमा बढी राजनीतिक भए त्यहाँको विकास छौपट हुन्छ र विकासको गति रोकिन्छ । त्यसकारण हामी सबैको दायित्वको हो की नगरको विकासमा राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्छ ।’स्थानीय तहमा निर्दलीय चुनावको व्यवस्था हुनुपर्छ जस्ता अवाज पनि त्यही कारणले उठिरहेको नेता निधीले बताए ।
उपमहानगरपालिकाको नव निर्वाचि पदाधिकारी तथा सदस्यहरुलाई धन्वयवाद व्यक्त गर्दै नेता निधीले भने,‘ उमहानगरको विकासको जिम्मा अव तपाईहरुको काधमा आएको छ । जनकपुरधामको विकासलाई अगाडी बढाउनुस्, आवश्यक सहयोग गर्न म सदैव तत्पर रहन्छु ।’ जनकपुरधाम धार्मिक तथा पर्यटकीय शहर रहेको भन्दै नेता निधीले यसलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।
जनकपुरधाम विभिन्न धर्महरुको संगम स्थाल रहेको उल्लेख गर्दै नेता निधीले भने,‘ हिन्दु धर्मको विभिन्न धर्मग्रन्थहरुमा भागवान पुरुपोषम र राजा जनकको सम्वाद अनुसार राजा जनककै कालमा जनकपुरधाममा हिन्दु, मुस्लिम, जैन, बुद्ध लगायतका धर्मको मठमन्दिरले भरिभराउ थियो । र राजा जनकले स्वय्म भागवान पुरुषोतमलाई जनकपुरधाम विधि धर्महरुको संगठन स्थल रहेको भनेर स्पष्ट पारेका थिए ।’ जनकपुरधामलाई धर्मिक पर्यटकीय शहरको रुपमा विकास गरेको खण्डमा यहाँको आर्थिक,समाजिक तथा सास्कृतिक क्षेत्रको विकासमा टेवा पुग्ने उनको भनाई थियो ।
शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै नव निर्वाचित मेयर मनोज कुमार साहले जनकपुरधामको विकासमा सबै पक्षको सहयोग आवश्यक रहेको बताए । सबैको साथ सहयोग लिएर जनकपुरधामको विकास निर्माणलाई अगाडी बढाउने उनले बताए । नगरको सरसफाईको जिम्मेवारी सबै वडालाई दिएको र उपमहानगरपालिकाले त्यसको अनुगमन र सहकार्य गरिने उनले बताए । जनकपुरधामको आउट रिङ्गरोडको काम अगाडी बढाउने बताउदै उनले भने,‘शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रलाई प्रथमिकतामा राखेर काम गर्छु । र त्यसमा यहाँहरुको सहयोग आवश्यक छ ।’

सम्बन्धित खबर