LIVE
मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक भएको भन्दै सात दलको भोलि पनि विरोधमा कार्यक्रम | भित्र मुख्यमन्त्रीको पदभार ग्रहण, बाहिर प्रहरी र प्रदर्शनकारी बीच झडप | दलहरू कांग्रेसलाई नेतृत्व दिन तयार भए राजीनामा दिन तयार छु : मुख्यमन्त्री यादव | विद्रोही सांसद रहबर अन्सारी, ढाल्यो सोनल सरकार ! | एकमहिना नपुग्दै ढल्यो सोनल सरकार | मधेश प्रदेशका मुख्यमन्त्री सोनल विश्वासको मत आज लिदै | कमला नदीको देव मेलाः आस्थासँगै पर्यटन र व्यापार | मधेश प्रदेशका मुख्यमन्त्री सोनल २२ कार्तिकमा विश्वासको मत लिने | माओवादी केन्द्र संसदीय दलका नेतामा पुनः साह | जनकपुरधाममा सामाचकेवा महोत्सव सम्पन्न |

जनकपुरधाम । झण्डै दुई सप्ताहलेखि स्थानीय जनक चोकमा रिले अनशन गर्दै आएको चुरे तथा वनजंगल संरक्षण अभियानले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।
अभियानले बुधवार जनकपुरमा पत्रकार सम्मेलन गरि दोस्रो चरणको कार्यक्रम घोषणा गरेको हो । अभियानमा संयोजक सुनिल यादवले लामो समयदेखि आन्दोलन गर्दै आएपनि सरकारले कुनै सुनवाई नगरेपछि वाध्य भएर दोस्रो चरणको दवाव मुलक कार्यक्रम गर्न लागेको बताए ।
संयोजक यादवले दोस्रो चरणको कार्यक्रम अन्तर्गत श्रावण २० गते शुक्रवार चुडी आन्दोलन गरिने बताए । लामो समयदेखि आन्दोलन गरेपनि मन्त्रीहरु मन्त्रालयबाट वाहिर आउन नसकेकोले मन्त्रीहरुलाई चुडी,साडी,व्लाउज र पेटिकोेट प्रदान गर्ने कार्यक्रम रहेको बताए ।
त्यसैगरि श्रावण २२ गते बच्चाहरुलाई राखेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडी प्रदर्शन गरिने कार्यक्रम रहेको उनले बताए ।
भुमिहिन, सुकुम्वासीहरुका बच्चाहरुको भविष्य अन्धकारमा रहेकोले पनि सरकारले उनीहरुको समस्या सम्बोधन गर्न नसकेकोले बच्चालाई राखेर आन्दोलन गरिने उनको भनाई थियो । विगतमा मधेश प्रदेश सरकारले गरेको सम्झौता कार्यन्वय नगरेको भन्दै अभियानिहरुले चरणवद्ध कार्यक्रम गर्दै आएको छ ।

सम्बन्धित खबर