LIVE
मासूम बालक बने मानवताको उदाहरण, नेपालका बाढीपीडितलाई सहयोग गर्न आफ्नै गुल्लक हस्तान्तरण | भोटेकोशी बाढीपीडितका लागि हमीद रेजाद्वारा ५ लाख सहयोग | भोटेकोशी बाढीपीडितलाई रविउन नुर कमिटीको पहलमा झण्डै पाँच लाखको राहत | कम लागतमा बढी आम्दानी : धनुषाका किसानलाई कृषि व्यवसायमा जोड्ने पहल | जलेश्वर कारागारका कैदीबन्दीद्वारा प्रधानमन्त्री विपद् राहत कोषमा १ लाख जम्मा | श्रीमानको फोनको प्रतिक्षामा पुजा साह | भोटोकोशिमा आएको बाढी कारण मधेश प्रदेशमा १६२ जना अझै वेपत्ता | नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली |

मो.इन्तेखाब आलम
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका २५ लोहनामा भई रहेको पीसीसी ढलान अन्तिम चरणमा पुगेको छ । संघीय खानेपानी तथा ढल व्यस्थापन आयोजना जनकपुरको सहयोगमा कंकाई ब्रोदर्स कन्ट्रकशनले पिसीसी ढलानको जिम्मा पाएको छ । जनकपुर उपमहानगरपालिका २५ लोहना देखि जनकपुर जाडने मूख्य सडक करिब ३ हजार १ सय ८५ मिटर लम्बाई रहेको संघीय खानेपानी तथा ढल व्यस्थापन आयोजनाका ओभरसियर सरोज साहले बताए ।
सो आयोजना करिब २४करोडमा ठिक्का लिएको निर्माण कम्पनीका इन्जिनयर रोशन शर्माले बताए । सोही आयोजनाको कार्य स्थानियल मो.कमरुद्दीन र मो.बच्चेले पेटी कन्टेकटमा लिई काम गरीरहेको कंकाई विकास ब्रोर्दशका साइट इन्जिनयर रोशन शर्माले बताए । संघीय खानेपानी तथा ढल व्यस्थापन आयोजन जनकपुर र कंकाई विकास ब्रोर्दशका विच २ वर्षका लागी सडक निर्माण समझौता भएको थियो ।
जनकपुरधाम उपमहानगरपालिका २५ लोहनामा स्थानियहरुको विवादले गर्दा आयोजना समयमा पूरा हुन नसकेको उनले बताए । संघीय खानेपानी तथा ढल व्यस्थापन आयोजन जनकपुर र कंकाई विकास ब्रोर्दशको आपसी सहकार्यामा आयोजनाको १ वर्षको म्याद थप गरिएपछि सूचारु भएको उनले जानकारी दिए ।

सम्बन्धित खबर