LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवविरुद्ध चुनाव लड्ने भएका छन् ।

अघिल्लो निर्वाचनमा अध्यक्ष यादव निर्वाचित भएको सप्तरी क्षेत्र नबर २ बाट प्रतिनिधि सभा सदस्यमा लड्ने राउतले घोषणा गरेका हुन् । अध्यक्ष यादव यसपटक पनि यही क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् ।
डा. राउतले बिहीबार जनकपुरधाममा बसेको बैठकमा आफूलाई सप्तरी–२ बाट चुनावमा उभ्याउनेबारे छलफल भएको बताए । ‘त्यो छलफल अनुसार त्यहीं क्षेत्रबाट म चुनाव लड्नेछु’ डा. राउतले भने ।

सरकारले ४ मंसिरमा प्रतिनिधि र प्रदेश सभाको निर्वाचन घोषणा गरिसकेको छ । निर्वाचन घोषणापछि नेताहरू उम्मेदवारी घोषणा गर्न थालेका छन् ।

के छ अवस्था ?

यो निर्वाचन क्षेत्रमा चार वटा पालिका छ । जसमध्ये दुई वटामा लोकतान्त्रिक समाजवादी –लोसपा), जसपा र कांग्रेस एक÷एक पालिकामा निर्वाचित भएका छन् ।

सदरमुकाम राजविराज नगरपालिकामा जसपा, सिके राउतको घर भएको महादेवासहित छिन्नमस्ता गाउँपालिकामा लोसपा र तिलाठी–कोइलाडी गाउँपालिकामा कांग्रेस विजयी भएको छ ।

राउतको घर भएको महादेवाको वडानम्बर–२ मा भने उनकै पार्टी जनमत विजयी भएको छ ।
जिल्लाभर जनमतले दुई पालिका हनुमाननगर र बलान बिहुल जितेको छ तर उनले चुनाव लड्ने घोषणा गरेका क्षेत्र नम्बर २ मा पर्दैनन् ।

स्थानीय तहको मतपरिणाम अनुसार जसपा र जनमत दुवै लोसपा र कांग्रेसभन्दा कमजोर छन् ।

सम्बन्धित खबर