LIVE
मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ |

जनकपुरधाममा दुई हप्ता बढी समयदेखि अन्सनमा बसेका चुरे संरक्षण तथा भूमिहीन सुकुम्बासीहरुले मधेश प्रदेश सरकारको विरोधमा प्रदर्शन गरेको हो । जनकपुरधामको जनकचोकमा १७ दिनदेखि रिले अनसनमा बस्दै गरेका सुकुम्बासीहरुले मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
मुख्यमन्त्री र मन्त्रीहरुलाई साडी, चुरा र लहठी दिने भन्दै उनीहरु मुख्यमन्त्री कार्यालय सम्म पुगेका थिए । सुरक्षाकर्मीले रोकेपछि अभियानीहरुले सडकमै सारी, चुरा, लहठी र पेटिकोटलगायतका सामग्रीहरु फ्यालेर सांकेतिक विरोध प्रदर्शन गरेका हन् ।
सिरहाको मिर्चैयामा रहेको मारुती सिमेन्टले लिएको वनक्षेत्रको जग्गा फिर्ता हुनुपर्नेलगायत विभिन्न ५ बुँदे माग राख्दै उनीहरु आन्दोलन गर्दै आएका छन् ।

सम्बन्धित खबर