
जनकपुरधाममा दुई हप्ता बढी समयदेखि अन्सनमा बसेका चुरे संरक्षण तथा भूमिहीन सुकुम्बासीहरुले मधेश प्रदेश सरकारको विरोधमा प्रदर्शन गरेको हो । जनकपुरधामको जनकचोकमा १७ दिनदेखि रिले अनसनमा बस्दै गरेका सुकुम्बासीहरुले मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
मुख्यमन्त्री र मन्त्रीहरुलाई साडी, चुरा र लहठी दिने भन्दै उनीहरु मुख्यमन्त्री कार्यालय सम्म पुगेका थिए । सुरक्षाकर्मीले रोकेपछि अभियानीहरुले सडकमै सारी, चुरा, लहठी र पेटिकोटलगायतका सामग्रीहरु फ्यालेर सांकेतिक विरोध प्रदर्शन गरेका हन् ।
सिरहाको मिर्चैयामा रहेको मारुती सिमेन्टले लिएको वनक्षेत्रको जग्गा फिर्ता हुनुपर्नेलगायत विभिन्न ५ बुँदे माग राख्दै उनीहरु आन्दोलन गर्दै आएका छन् ।