LIVE
आजको मौसम : चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना | जनकपुरधामका राईन दम्पतीलाई हज यात्रा अघि इस्लाम समाज सेवा समितिद्वारा सम्मान | न्यायका लागि सरोकारबारलाई गुहार लगाउँदै सर्लाहीका अन्सारी परिवार, पीडितलाई न्याय दिलाउने पुर्व गृहराज्यमन्त्री अन्सारीको प्रतिवद्धता | जनमत पार्टीका नेता सहनी र कुँवरद्धारा एकैदिन पाँच योजनाको शिलान्यास | सुगुरको खोरमा थुनेर मुस्लिमलाई कुटपिट, अभियुक्तहरु छुटाउन प्रशासनलाई दबाब, कडा कारर्वाही गर्न अध्यक्ष अन्सारीको माग | वाटरल्यान्ड पार्कमा झडपको क्रममा १० जना विद्यार्र्थी पक्राउ | मधेशका गौरवका दुधमति नदीको संरक्षण एवं सौन्दर्यकरण आयोजनामा तिव्रता | आगामी आवको बजेट तयारीमा मधेश सरकार ः चालू वर्षको बजेटभन्दा १४ अर्ब कमको तोकियो सिलिङ | मुख्यमन्त्री सिँहद्वारा विद्यालय अनुगमन | मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित |

एजेन्सी । ‘मिस्टर पर्फेक्सनिस्ट’ संज्ञाले प्रख्यात बलिउड अभिनेता आमिर खान र अभिनेत्री करिना कपुर लामो समयपछि फिल्ममा आउँदैछन् । फिल्मलाई लिएर दर्शकमाझ ठूलै अपेक्षा छ, तर सामाजिक सञ्जालमा ‘लाल सिंह चड्ढा बहिष्कार गरौं’ भन्ने अप्रिल ह्यासट्याग ट्रेन्डिङ चलिरहेको छ ।

यसो हुनुमा यी दुई प्रमुख कलाकारको अभिव्यक्ति जिम्मेवार छ, जसलाई उनीहरुले कुनै समय बोलेका थिए । उनीहरुले अहिले बोलेका कुराले विवाद चर्किएको होइन । ट्वीटर प्रयोगकर्ताले फिल्म नहेर्न आग्रह गर्दै उक्त ह्यासट्याग अभियान चलाइरहेका छन् । तर किन ?
‘भारतमा असहिष्णुता बढेको’ भन्ने कुनै बेलाको आमिर खानको अभिव्यक्ति यतिबेला इन्टरनेटमा ट्रेन्डिङ भइरहेको छ । जसलाई लिएर ‘नेटिजन’ले फिल्म नहेर्न आग्रह गरिरहेका छन् ।

अभिनेत्री कपुरका विगतका विवादास्पद अभिव्यक्ति पनि यतिबेला सतहमा आएका छन् । आमिरले सन् २०१५ मा एक अन्तर्वार्तामा भनेका थिए, ‘हाम्रो देश धेरै सहिष्णु त छ तर यहाँका मानिसले दुष्टता फैलाउँछन् ।’ उनकी पूर्वपत्नी किरण रावले पनि छोराछोरीको सुरक्षाका लागि देश छाड्न लागेको भन्ने कुरा पनि हेडलाइन बनिरहेका छन् ।
बहिष्कार अभियान चलिरहँदा आयोजित एक कार्यक्रममा आमिरले दर्शकलाई फिल्म हेरिदिन आग्रह गरे ।
‘मलाई दुःख लाग्छ कि जसले यसो भन्दैछन्, उनीहरुले म भारतलाई मन नपराउने व्यक्ति हुँ भन्ने विश्वास गर्छन् । उनीहरु यो कुरा विश्वास गर्छन् तर यो असत्य हो । म देशलाई माया गर्छु । म यस्तै छु । कतिपयले त्यस्तो महसुस गर्नु दुर्भाग्यपूर्ण हो,’ आमिरले भने ।
करिनाले पनि बहिष्कार अभियानबारे सोधिएको इण्डिया टुडेको प्रश्नमा भनिन्, ‘विभिन्न प्लेटफर्म छन् । सबैको विचार छ । केही हुन गइरहेको छ भने तपाईंले केही चीजलाई बेवास्ता गर्न सिक्नुपर्छ । अन्यथा आफ्नो जीवन जिउन असम्भव हुनेछ । त्यसैले म यस्तो कुरालाई गम्भीरताका साथ लिन्नँ ।’

‘लाल सिंह चड्ढा’ हलिउड फिल्म फरेस्ट गम्पको रिमेक हो । साउन २६ गते यो फिल्म नेपालमा पनि रिलिज हुँदैछ

सम्बन्धित खबर