LIVE
मधेशबाट झण्डै ८९हजार विद्यार्थी एसईई दिदै | मधेश प्रदेश सरकारद्वारा एसईई परीक्षा वहिस्कार | प्रहरीले चलाएको गोलिको लागेर धनुषामा एक युवक गम्भिर घाइते | यस वर्षको ‘महामुर्ख’को उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई | होली पर्वको अवसरमा धनुषाको सुरक्षा र ट्राफिक व्यवस्था कडा | अन्तगृह परिक्रमा सम्पन्न, मुस्लिम नागरिक समाजद्वारा परिक्रमावासी चुरा र मिठा वित्तरण | महोत्तरी मलपोतका खरिदार अख्तियारको फान्दामा | मधेश प्रदेशका गृहमन्त्री लेखिको सुरक्षामा खटेका असई यादवको मृत्यु | अवैध रुपमा संचालित प्रदेशका ५८ वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन | श्रममन्त्रीको पहलमा महोत्तरीमा व्यवसायिक प्रशिक्षण केन्द्रको स्थापना हुँदै |

२१ साउन, काठमाडौं । प्रतिनिधिसभाले नागरिकता विधेयक पास गरेपछि लोकतान्त्रिक समाजवादी पार्टी लोसपा सरकारमा सहभागी हुन चाहेको छ । ।देउवा सरकारलाई सुरुदेखि सघाएको, तर प्रतिपक्षमा बसेको लोसपाले उपसभामुखको चुनावमा पनि गठबन्धनलाई नै मत दिएका थिए । त्यसैले सरकारमा जाने र चुनावी तालमेलका लागि बाटो खोल्ने उसको चाहना रहेको छ ।

लोसपाका नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवासँग निरन्तर सम्वादमा छन् । नेपाली कांग्रेस केन्द्रीय सदस्य रमेश रिजालका अनुसार सभापति देउवाले लोसपासँग चुनावी गठबन्धन गर्नेबारे अहिले केही भनेका छैनन् । तर मधेस प्रदेशका केन्द्रीय सदस्यहरुमा गठबन्धन गर्नुपर्ने मत बलियो रहेको उनले बताए । आफ्नैभित्र अन्तर्घात चर्को हुने गरेको भन्दै उनले भने, ‘विना गठबन्धन जित्न गाह्रो रहेको छ ।’

सम्बन्धित खबर