LIVE
बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित |

२१ साउन, काठमाडौं । प्रतिनिधिसभाले नागरिकता विधेयक पास गरेपछि लोकतान्त्रिक समाजवादी पार्टी लोसपा सरकारमा सहभागी हुन चाहेको छ । ।देउवा सरकारलाई सुरुदेखि सघाएको, तर प्रतिपक्षमा बसेको लोसपाले उपसभामुखको चुनावमा पनि गठबन्धनलाई नै मत दिएका थिए । त्यसैले सरकारमा जाने र चुनावी तालमेलका लागि बाटो खोल्ने उसको चाहना रहेको छ ।

लोसपाका नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवासँग निरन्तर सम्वादमा छन् । नेपाली कांग्रेस केन्द्रीय सदस्य रमेश रिजालका अनुसार सभापति देउवाले लोसपासँग चुनावी गठबन्धन गर्नेबारे अहिले केही भनेका छैनन् । तर मधेस प्रदेशका केन्द्रीय सदस्यहरुमा गठबन्धन गर्नुपर्ने मत बलियो रहेको उनले बताए । आफ्नैभित्र अन्तर्घात चर्को हुने गरेको भन्दै उनले भने, ‘विना गठबन्धन जित्न गाह्रो रहेको छ ।’

सम्बन्धित खबर