LIVE
वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न | संघीय समाजवादी नेपाल र बहुजन एकता पार्टी वैकल्पिक मोर्चाको तयारीमा | महोत्सवको दोस्रो दिन फरक–फरक विषयमा गहन बहस | मुस्लिम समुदायको क्षमता विकास सम्बन्धी कार्यक्रम सम्पन्न | मधेश प्रदेशमा संसदीय मामिला पत्रकार समाज गठन | मधेश प्रदेश सभाको ७ औ वार्षिकोउत्सवमा सम्पन्न,संघियता संस्थागत गर्नमा वक्ताहरुको जोड | मधेश प्रदेशका ३ लाख ६९ हजार किशोरीलाई पाठेघर क्यान्सरविरुद्ध एचपिभि खोप लगाईने | महोत्तरीको जलेश्वर कारागारमा एक कैदीबन्दीको मुत्यु | महाकुम्भबाट फर्किंदै गरेका एकै परिवारका ५ नेपालीको दुर्घटनामा मृत्यु |

ज्नकपुरधाम । नेकपा एकिकृत समाजवादी पार्टीको भातृ संगठन समाजवादी प्रेस संगठन नेपालको प्रथम मधेश प्रदेश अधिवेशन आयोजना गरिएको छ ।
जनकपुरमा शनिवार आयोजना गरिएको अधिवेशन ३१ सदस्य नयाँ कार्यसमिति चयन गरि सम्पन्न हुने छ । पार्टीका मधेश प्रदेश ईन्चाज धर्मनाथ साहको प्रमुख आतिथ्य तथा समाजवादी प्रेस संगठनका मधेश प्रदेश संयोजक वृजलाल पासवानको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रदेश ईन्चाज साहले संगठन भित्र रहेका सञ्चारकर्मीहरुलाई पार्टीको विचार तथा सिद्धान्तलाई सर्वसधारणमा पुरयाउन आग्रहा गरे । उनले पार्टीको चुनाव चिन्ह कमल रहे जस्तै आफ्ना कमलले समाजमा रहेका विभिनन विकृति विसंगति तथा भष्टाचार निवारणमा कमल चलाउन सञ्चारकर्मीलाई आग्रहा समेत गरे । त्यस्तै कार्यक्रम, मधेश प्रदेशमा समाजवादी प्रेस संगठनको गठनले अगामी निर्वाचनमा पार्टीलाई बल पुग्ने बताउदै संगठनका मधेश प्रदेश संयोजक पासवानले स्थानीय तहको निर्वाचन जस्तै अगामी निर्वाचनमा पनि पार्टीले राम्रो मत ल्याउन सक्ने दावि गरे ।
कार्यक्रममा नेकपा एकिकृत समाजवादी पार्टीका उपसचिव जगरनाथ खतिवडा,नेकपा एकिकृत समाजवादी पार्टीका नेता तथा वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष शितल साह, नागेन्द्र चौधरीसहितले मन्तव राखेका थिए ।

सम्बन्धित खबर