
आईतवारदेखि विहान ११ देखि १ वजे प्रदेशका मन्त्री तथा सासदहरु धर्ना दिने
जनकपुरधाम । संघिय सरकार संघियता विरोधी तत्वको घेराबन्दीमा परेर प्रहरी समायोजन प्रक्रिया अगाडी नबढाएको भन्दै मधेश प्रदेश सरकारले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
म्धेश प्रदेश सरकारमा गृह तथा सञ्चार मन्त्री भारत प्रसाद साहले शनिवार पत्रकार सम्मेलन गरि संघिय सरकार विरुद्ध २९ श्रावणदेखि एक सप्ताह सम्म प्रदेश प्रमुखको कार्यालयमा शान्तिपुर्ण धार्नामा दिने कार्यक्रम सार्वजनिक गरेका छन् । प्रहरी समायोजनको विषयमा पटक–पटक लिखित तथा मौखिक रुपमा संघिय सरकारलाई ताकेता गर्दापनि कुनै सुनवाई नभएपछि वाध्य भएर प्रदेश सरकारले पहिलो चरणमा एक सप्ताह सम्म शान्तिपुर्ण धर्ना दिने कार्यक्रम रहेको मन्त्री साहले बताए ।
विहान ११ वजे देखि १ वजे समम घण्टे धर्ना कार्यक्रममा प्रदेश सरकारमा मन्त्री, प्रदेश सभा सदस्यहरु, नागरिक समाजका अगुवा तथा विभिन्न राजनीतिक पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहने मन्त्री साहले बताए ।
आन्दोलनको पहिलो चरणमा हामीले सात दिन सम्म शान्तिपुर्ण धर्नामा बस्छौ, मन्त्री साहले भने,‘ त्यसले पनि कुनै सुनवाई नभए सार्वदलीय छलफल गरि दोस्रो चरणको कार्यक्रमको निर्णय गर्छौ ।’दोस्रो चरणको कार्यक्रम कस्तो हुन्छ अहिले न भनौ, मन्त्री साहले भने,‘ तर संघियता कार्यन्वयमा मधेश प्रदेश सरकार चुप लागेर बस्ने अवस्थामा छैन । कारण संघियताको जन्ननी भन्नेकै मधेश प्रदेश हो । त्यसकारण यसको कार्यन्वय गर्न गराउन हाम्रो दायित्व र जिम्मेवारी हो ।’
प्रदेश सरकारमा मन्त्रीहरु धर्नामा बसेपनि जनताको काम प्रभावित हुदैन मन्त्री साहले भने,‘ हामीले जनताको कामलाई प्रभावित हुने धर्नामा बस्ने छौ, मन्त्रालयको काम नियमित रुपमा चलिनै रहन्छ ।’ संविधानको धारा २६८को अनुसुची ६मा प्रदेश प्रहरीको संगठन व्यवस्थापन तथा प्रदेशको शान्ति सुरक्षाको जिम्मेवारी प्रदेशको एकल सुचिको अधिकारमा क्षेत्रमा पर्छ, मन्त्री साहले भने,‘ संघियता विरोधीको घेराबन्दीमा परेर संघिय सरकारले त्यसलाई अगाडी बढाउन चाहि रहेको छैनन् ।
संघियता विरोधी तत्वहरु अझै पर्दा पछाडिबाट संघियता र प्रदेश खाजेर गर्न षडयन्त्रमा लागेका छन् ।’ संघियता र प्रदेश खाजेर गर भनेर एउटा गित नै रिलिज हुनुले पनि त्यस कुरालाई पुष्टी गर्छ मन्त्री साहले भने,‘ केन्द्रमा र प्रदेशमा पनि गठबन्धनका सरकार छन् । तर भएका सबैको नियमत ठिक छैन, कति संघियता पक्षधर छ भने कति संघियताको विरोधमा लागेका छन् । त्यसकारण दवाव दिन उदेश्यले आन्दोलनको कार्यक्रम अगाडी बढाएका छौ ।’
जनकपुरधाममा भएको अन्तर प्रदेशिय गृह मन्त्रीहरुको सम्मेलनमा पनि प्रहरी समायोजनमा अन्य प्रदेशको पनि आफुहरुलाई समर्थन रहेको मन्त्री साहले बताए ।