LIVE
बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित |

जनकपुरधाम । नेपाल प्रहरीका महानिरीक्षक (आईजिपि) धिरज प्रताप सिंहले अगामी मंसिर ४ गते हुने प्रतिनिधी र प्रदेश सभाको निर्वाचन भयरहित र निष्पक्ष हुने दावि गरेका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालय, अनुसन्धान विभागले मंगलवार जनकपुरधाममा आयोजना गरेको प्रदेश स्तरीय अनुसन्धान समिक्षा गोष्ठीलाई सम्बोधन गर्दै आईजीपि सिंहले यस्तो दावि गरेका हुन् । भयरहित र निष्पक्ष निर्वाचनको वातावरण बनाउनु नेपाल प्रहरीको उदेश्य रहेको बताउदै आईजीपि सिंहले भने,‘ निर्वाचनमा सुरक्षाको विषयमा प्रहरी सर्तक र सचेत छन, आमजनताले भयरहित वातावरणमा कसरी मतदान गर्न सक्छन् त्यसको लागि नेपाल प्रहरी गम्भिर र सचेत छन् ।


समय अनुसारको अपराधको नयाँ नयाँ स्वरुपहरु देखिएको बताउदै आईजिपि सिंहले भने,‘ अपराधका धेरै घटना प्राविधिसँग जोडिएर हुने गरेको छ,त्यसकारण समय अनुकुल अपराध अनुसन्धानको दायरा बढाउनु तथा अनुसन्धानलाई वैज्ञानिक तरिकाले गर्नुपर्ने अहिलेको अवस्थामा छ ।’ अपराध अनुसन्धानको सवालमा अनुसन्धान गर्ने, अभियोजन गर्ने र न्याय निरुपण गर्नेबिच कहिलेकाही एक अर्कालाई आक्षेप लगाउने काम हुने गरेको भन्दै तिनै निकायबिचको समन्वय राम्रो हुनुपर्ने आईजिपी सिंहले जोड दिए ।
अपराध अनुसन्धानलाई सहज बनाउन नै यो गोष्ठीको आयोजना गरिएको बताउदै आइजीपी सिंहले साईकर सम्बन्धी उजुरीको दर्ता प्रदेश स्तरमै गर्न सक्ने वातावरण मिलाउन मधेश प्रदेशका गृह तथा संचारमन्त्री भरत प्रसाद साहसँग अनुरोध गरे ।


कार्यक्रममा सिआईविका प्रमुख एआईजी उत्तम सुवेदीले साईबरसँग जोडिएको घटनाहरुमा व्यापाक वृद्धि रहेकोले प्रहरीलाई प्रविधिकि मैत्रि र प्रविधिकयुक्त बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा मधेश प्रदेशका प्रहरी प्रमुख डिआईजी मकसुद आलम खाँले अपराधका ९० प्रतिशत घटना आफ्ना नजिककै मान्छेसँग हुने गरेकोले अपराध अनुसन्धानमा खटेका अनुसन्धान अधिकृतले त्यस तर्फ सचेत भएर कान गर्नुपर्ने बताए । कार्यक्रममा मधेश प्रदेशका ८ वटै जिल्लाका प्रहरी उपरीक्षकहरु, अनुसन्धान अधिकृत तथा मुद्दा शाखामा कार्यरत सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर