LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

मिथला नगरपालिका २ नक्टाझि हजराचौकमा बसको ठक्करले साईकलमा सवार बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मिथला नगरपालिका वडा नं.२ का १३ वर्षीय विशाल दास रहेका छन । विहीवार दिँउसो जनकपुरधामबाट नेपालगन्ज जादै गरेको ना ५ ख १४४१ नम्बरको बसले ठक्कर दिँदा बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते बालको उपचारको क्रममा जनकपुर स्थित जानकी हेल्थ केयरमा बालकको मृत्यु भएको प्रहरी निरीक्षक बेचन यादवले बताए । पोस्टमार्टमका लागी बालक शव प्रादेशिक अस्पतालमा राखिएको छ । ठक्कर दिने बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।

सम्बन्धित खबर