LIVE
मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित | धनुषाबाट हजका लागि सउदी अरब जान लागेका हज यात्रीलाई विदाई तथा सम्मान | महोत्तरीे भंगाहाकी एक किशोरीलाई विहेको प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोप | भारत–पाकिस्तान बीचको तनावले सिमावर्ती क्षेत्रमा उच्च सतर्कता, आवतजावतमा कडाई | रंगशालाको जग्गाको भाडा बढाएपछि जनप्रतिनधीले गरे मुख्यमन्त्री सिंहसँग गुनासो | केही सञ्चारमाध्यममा आएको समाचार झुठो रहेको भन्दै जनमतको अधिकारिक स्पष्टीकरण | झडपका कारण एमाले धनुषा अधिवेशन अनिश्चित | एमाले धनुषाको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदै, अध्यक्षमा भोला र लक्ष्मीनारायण बीच प्रतिस्पर्धा | मधेश प्रदेशमा आज सार्वजनिक विदा | नेकपा एसले मुख्यमन्त्री सिंहलाई ५२ बुँदे ज्ञापनपत्र बुझाए |

जनकपुरधाम, १४ भदौ । जनकपुरधामसहित मंगलबार चौठचन्द्र र तिज पर्व मनाइएको छ । चौठचन्द्र पर्व भदौ शुक्लपक्षको चौथी तिथिका दिन मनाइन्छ । मधेशी समुदायले यसलाई छठपछिको दोस्रो ठूलो पर्वको रूपमा मनाउने गर्छन ।

चौठचन्द्र पर्वका दिन व्रत बस्ने चलन रहेको छ । पर्वकै अवसरमा आँगनमा पूजा हुने भएकाले चामलको पिठोको कलात्मक अरिपन बनाइ, त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ । सो क्रममा नयाँ माटोको भाँडोको दही, केरा, मिठाइ, फलफूलका साथै विभिन्न प्रकारका पकवान राखेर विभिन्न देवीदेवतालाई चढाइने गरिन्छ ।

पूजामा विशेष परिकार बनाउने चलन रहेको छ । प्रसादका रूपमा पिरुकिया, खजुरिया, खाजा, पुरी र खिर घरघरमा बनाउने चलन छ । फलफूलका अतिरिक्त दहीले पनि गणेश र चन्द्रमाको पूजा गरिन्छ ।

यस्तै तिज पर्व पहाडी समुदायकी महिलाहरुले मठ मन्दिरमा गई पुजा पाठ गरि  मनाएकी छिन । महिलाहरुले रातो लुगा लगाई विभिन्न प्रकारका मनोरन्जनात्मक क्रिया क्लाप गरी यो पर्व मंगलवार धुमधामका साथ जनकपुरधाममा मनाएका छन । महिलाहरले विभिन्न प्रकारका पकवान बनाई तिज पर्व खुशियालीमा रमाएकी छिन ।

सम्बन्धित खबर