LIVE
पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती |

जनकपुरधाम, १४ भदौ । जनकपुरधामसहित मंगलबार चौठचन्द्र र तिज पर्व मनाइएको छ । चौठचन्द्र पर्व भदौ शुक्लपक्षको चौथी तिथिका दिन मनाइन्छ । मधेशी समुदायले यसलाई छठपछिको दोस्रो ठूलो पर्वको रूपमा मनाउने गर्छन ।

चौठचन्द्र पर्वका दिन व्रत बस्ने चलन रहेको छ । पर्वकै अवसरमा आँगनमा पूजा हुने भएकाले चामलको पिठोको कलात्मक अरिपन बनाइ, त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ । सो क्रममा नयाँ माटोको भाँडोको दही, केरा, मिठाइ, फलफूलका साथै विभिन्न प्रकारका पकवान राखेर विभिन्न देवीदेवतालाई चढाइने गरिन्छ ।

पूजामा विशेष परिकार बनाउने चलन रहेको छ । प्रसादका रूपमा पिरुकिया, खजुरिया, खाजा, पुरी र खिर घरघरमा बनाउने चलन छ । फलफूलका अतिरिक्त दहीले पनि गणेश र चन्द्रमाको पूजा गरिन्छ ।

यस्तै तिज पर्व पहाडी समुदायकी महिलाहरुले मठ मन्दिरमा गई पुजा पाठ गरि  मनाएकी छिन । महिलाहरुले रातो लुगा लगाई विभिन्न प्रकारका मनोरन्जनात्मक क्रिया क्लाप गरी यो पर्व मंगलवार धुमधामका साथ जनकपुरधाममा मनाएका छन । महिलाहरले विभिन्न प्रकारका पकवान बनाई तिज पर्व खुशियालीमा रमाएकी छिन ।

सम्बन्धित खबर