LIVE
मधेशबाट झण्डै ८९हजार विद्यार्थी एसईई दिदै | मधेश प्रदेश सरकारद्वारा एसईई परीक्षा वहिस्कार | प्रहरीले चलाएको गोलिको लागेर धनुषामा एक युवक गम्भिर घाइते | यस वर्षको ‘महामुर्ख’को उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई | होली पर्वको अवसरमा धनुषाको सुरक्षा र ट्राफिक व्यवस्था कडा | अन्तगृह परिक्रमा सम्पन्न, मुस्लिम नागरिक समाजद्वारा परिक्रमावासी चुरा र मिठा वित्तरण | महोत्तरी मलपोतका खरिदार अख्तियारको फान्दामा | मधेश प्रदेशका गृहमन्त्री लेखिको सुरक्षामा खटेका असई यादवको मृत्यु | अवैध रुपमा संचालित प्रदेशका ५८ वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन | श्रममन्त्रीको पहलमा महोत्तरीमा व्यवसायिक प्रशिक्षण केन्द्रको स्थापना हुँदै |

ज्नकपुरधाम । ९ औ राष्ट्रिय खेलकुदको लागि धनुषाबाट फुलकन्टेक्ट करातेका खेलाडीहरुलाई छनौट गरिएको छ ।
विहिवार धनुषा जिल्लाभरिबाट फुलकन्टेक्ट करातेका विभिन्न तौल समुहका खेलाडीलाई प्रतियोगिता मार्फत छनौट गरिएको हो । जनकपुरधामस्थित कबड हलमा भएको छनौट प्रतियोगितमा विभिन्न तौल समुहका ७ पुरुष र ७ महिला १० जना खेलाडी छनौट गरिएको फुलकन्टेक्ट करोतका वरिष्ठ प्रशिक्षक मोहम्मद असगर खाँले जानकारी दिए ।

प्रतियोगिताबाट ४० किलो तौल समुहमा अरमान साफी, ४५ किलो तौल समुहमा सुजित कुमार शर्मा, ५० किलो तौल समुहमा अरमान खान, ५५ किलो तौल समुहमा साविर हुसेन, ६० किलो तौल समुहमा हफिजुल मोमिन, ६५ किलो तौल समुहमा तौसिफ अलि खान र ओपेनमा सनि सिंह छनौट भएका हुन् ।
त्यसैगरि, महिला तर्फ ४० किलो तौल समुहमा माला ठाकुर, ४५ किलो तौल समुहमा खुशबु कुमारी यादव र ५० किलौ तौल समुहमा प्रतिभा लामा छनौट भएको वरिष्ठ प्रशिक्षक खाँले जानकारी दिए । क्युकोशिन कान कराते संघ धनुषाका अध्यक्ष सुनिल कुमार यादवको अध्यक्षतामा भएको खेलाडी छनौट प्रतियोगितामा वरिष्ठ प्रशिक्षक खा, कराते प्रशिक्षक राकेश यादव, उमेश यादव, लटमेश्वर यादव, विशेन्द्र यादव, गौतम साह र नेहाल साफीको छनौट प्रक्रियामा सहभागि रहेका थिए ।

सम्बन्धित खबर