LIVE
मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ |

ज्नकपुरधाम । ९ औ राष्ट्रिय खेलकुदको लागि धनुषाबाट फुलकन्टेक्ट करातेका खेलाडीहरुलाई छनौट गरिएको छ ।
विहिवार धनुषा जिल्लाभरिबाट फुलकन्टेक्ट करातेका विभिन्न तौल समुहका खेलाडीलाई प्रतियोगिता मार्फत छनौट गरिएको हो । जनकपुरधामस्थित कबड हलमा भएको छनौट प्रतियोगितमा विभिन्न तौल समुहका ७ पुरुष र ७ महिला १० जना खेलाडी छनौट गरिएको फुलकन्टेक्ट करोतका वरिष्ठ प्रशिक्षक मोहम्मद असगर खाँले जानकारी दिए ।

प्रतियोगिताबाट ४० किलो तौल समुहमा अरमान साफी, ४५ किलो तौल समुहमा सुजित कुमार शर्मा, ५० किलो तौल समुहमा अरमान खान, ५५ किलो तौल समुहमा साविर हुसेन, ६० किलो तौल समुहमा हफिजुल मोमिन, ६५ किलो तौल समुहमा तौसिफ अलि खान र ओपेनमा सनि सिंह छनौट भएका हुन् ।
त्यसैगरि, महिला तर्फ ४० किलो तौल समुहमा माला ठाकुर, ४५ किलो तौल समुहमा खुशबु कुमारी यादव र ५० किलौ तौल समुहमा प्रतिभा लामा छनौट भएको वरिष्ठ प्रशिक्षक खाँले जानकारी दिए । क्युकोशिन कान कराते संघ धनुषाका अध्यक्ष सुनिल कुमार यादवको अध्यक्षतामा भएको खेलाडी छनौट प्रतियोगितामा वरिष्ठ प्रशिक्षक खा, कराते प्रशिक्षक राकेश यादव, उमेश यादव, लटमेश्वर यादव, विशेन्द्र यादव, गौतम साह र नेहाल साफीको छनौट प्रक्रियामा सहभागि रहेका थिए ।

सम्बन्धित खबर