LIVE
मधेशबाट झण्डै ८९हजार विद्यार्थी एसईई दिदै | मधेश प्रदेश सरकारद्वारा एसईई परीक्षा वहिस्कार | प्रहरीले चलाएको गोलिको लागेर धनुषामा एक युवक गम्भिर घाइते | यस वर्षको ‘महामुर्ख’को उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई | होली पर्वको अवसरमा धनुषाको सुरक्षा र ट्राफिक व्यवस्था कडा | अन्तगृह परिक्रमा सम्पन्न, मुस्लिम नागरिक समाजद्वारा परिक्रमावासी चुरा र मिठा वित्तरण | महोत्तरी मलपोतका खरिदार अख्तियारको फान्दामा | मधेश प्रदेशका गृहमन्त्री लेखिको सुरक्षामा खटेका असई यादवको मृत्यु | अवैध रुपमा संचालित प्रदेशका ५८ वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन | श्रममन्त्रीको पहलमा महोत्तरीमा व्यवसायिक प्रशिक्षण केन्द्रको स्थापना हुँदै |

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । शुक्रवार बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यलयले कक्षा १२ को नतिजा सार्वजनिक गरेका छन । गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षा सहभागी भएका थिए ।बोर्डका अध्यक्ष शर्माका अनुसार यसवर्ष ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशन गरिएको छ ।

जसअन्तर्गत यसवर्ष नियमिततर्फ ३।६१ देखि ४ जीपीए ४ हजार १७९ जनाले ल्याएका छन् । त्यस्तैगरी ३।२१ देखि ३।६० जीपीए ल्याउने ३० हजार १०७ जना, २।८१ देखि ३।२० आउने ६५ हजार २८४ जना, २।४० देखि २।८० आउने ६४ हजार ९३ जना, २।१ देखि २।४० जीपीए आउने १० हजार ९ सय र १।६१ देखि २ जीपए आउने ३५ जना छन् ।यस्तै १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा परेका छन् । बोर्डका अनुसार प्रत्‍येक विषयमा सैद्धान्तिकतर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी अर्थात नन ग्रेडिङ लेख्‍ने उल्लेख छ ।

नन ग्रेडिङमा परेका विद्यार्थीहरुले उच्‍च शिक्षामा भर्ना हुन नपाउने बोर्डले जनाएको छ । ग्रेड वृद्धि दिन पाउने ९दुई विषयसम्म दिन पाउने० एक लाख ३० हजार ८७८ जनाले दिन पाउने छन् । बोर्डको अनुसार ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते सञ्चालन हुनेछ । परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार १ जना, ग्रेडवृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १३२ जना गरी ३ लाख ९६ हजार १८५ जना सहभागी भएका थिए ।

सम्बन्धित खबर