LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफुहरुले उद्योग मैत्रि निती ल्याएपनि लागानीकर्ताहरु आकर्षित हुन नसकेको बताएका छन् । नेपालका अन्य प्रदेशभन्दा कलकारखानाको लागि मधेश प्रदेश उपयुक्त भएपनि संघिय सरकारको अवरोधले लगानीकर्ताहरु प्रदेशमा लगानी गर्न नचाहिरहेको मुख्यमन्त्री राउतले आरोप लगाए ।

करिव ढेड वर्ष अघि नै आफुहरुले उद्योग ऐन ल्याएयो, त्यसलाई कार्यान्वय गर्न नियमावली पनि ल्याए, मुख्यमन्त्री राउतले भने,‘ हाम्रो उद्योग ऐनलाई लगानीकर्ताहरुले प्रशंसा पनि गरे तर संघिय सरकारले विभिन्न वहानामा लगानीकर्ताहरुलाई प्रदेशमा लगानी गर्नबाट रोक्ने गरेकोले यहाँ उद्योग कलकारखानाको विस्तार हुन सकेनन् ।’

जनकपुर उद्योग वाणिज्य संघको ५५ औ साधारण सभालाई शनिवार सम्बोधन गर्दै मुख्यमन्त्री राउतले मधेश प्रदेशका लगानी गर्ने उद्योगपतिलाई संघिय सरकारले विभिन्न कानुनी दाउँपेच लगाएर रोक्ने गरेको आरोप लगाए ।

छिमेकी मुलक भारतसँग पनि जोडिएले उद्योगको लागि चाहिने आवश्यक कच्चा पर्दाथहरु पनि कम खर्चमा ढुवानी गर्न सकिने भएकोले लगानीकर्ताहरुको प्रदेशमा लगानी गर्न इच्छा हुदाहुदै गर्न नसकिरहेको मुख्यमन्त्री राउतले आरोप लगाए ।
उद्योग कालकारखाना लगाउन जमिन अझै संघिय सरकार माहत नै रहेकाले पनि प्रदेश सरकारले उद्योगी व्यवसायीहरुको लागि जग्ग उपलब्ध गराउन नसकेको मुख्यमन्त्री राउतको भनाई थियो ।

सम्बन्धित खबर