LIVE
समावेशी नेतृत्वतर्फ लोसपा ः नेता राईन सह–महासचिवमा मनोनित | राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता |

सशस्त्र प्रहरीले नक्कली नोट बनाउने कागजातसहित सर्लाहीबाट एकजनालाई पक्राउ गरेको छ । नेपाल–भारत सीमावर्ती क्षेत्र बहादुरपुरबाट नक्कली नोट बनाउने नमुना कागज बरामद भएको सशस्त्र प्रहरी मधेस प्रदेशका डिआईजी गणेशठाडा मगरले बताए । गोडैता नगरपालिका–३ सिमरा भगवतीपुर बजारमा खटेको सशस्त्र प्रहरीको टोलीले ठुलो परिमाणमा नक्कली नोट तयार गर्ने कागजको बण्डल बरामद गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिकाका ३२ बर्षका हिरामान लामा रहेका छन् ।प्रहरीले नगद ४० हजार रुपैयाँ र सय दरका नक्कली नोट बनाउने ६९ बण्डल कागज बरामद गरेको हो भने पक्राउ परेका लामाको साथबाट १७ हजार नगद, माच्छापुच्छ्रे बैँकको ३० लाख ६० हजारको एक थान चेक, ग्लोबल आईएमई बैँकको चेक पासपोर्ट, बिलबुक र मोवाइल एकरएक थान, दुई थान एटिएम कार्ड र नागरिकता बरामद गरेका छन । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको मधेस प्रदेशका डिआईजी गणेशठाडा मगरले बताए ।

सम्बन्धित खबर