LIVE
आजको मौसम : चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना | जनकपुरधामका राईन दम्पतीलाई हज यात्रा अघि इस्लाम समाज सेवा समितिद्वारा सम्मान | न्यायका लागि सरोकारबारलाई गुहार लगाउँदै सर्लाहीका अन्सारी परिवार, पीडितलाई न्याय दिलाउने पुर्व गृहराज्यमन्त्री अन्सारीको प्रतिवद्धता | जनमत पार्टीका नेता सहनी र कुँवरद्धारा एकैदिन पाँच योजनाको शिलान्यास | सुगुरको खोरमा थुनेर मुस्लिमलाई कुटपिट, अभियुक्तहरु छुटाउन प्रशासनलाई दबाब, कडा कारर्वाही गर्न अध्यक्ष अन्सारीको माग | वाटरल्यान्ड पार्कमा झडपको क्रममा १० जना विद्यार्र्थी पक्राउ | मधेशका गौरवका दुधमति नदीको संरक्षण एवं सौन्दर्यकरण आयोजनामा तिव्रता | आगामी आवको बजेट तयारीमा मधेश सरकार ः चालू वर्षको बजेटभन्दा १४ अर्ब कमको तोकियो सिलिङ | मुख्यमन्त्री सिँहद्वारा विद्यालय अनुगमन | मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित |

मो.इन्तेखाब आलम
जनकपुरधाम । लोकतान्त्रीक समाजवादी पार्टी नेपाल धनुषा जिल्ला अध्यक्ष परमेश्वर साहले मधेशी अधिकारका लागी लोसपाका हरेक नेताहरुले रगत र पसिना बगाएको बताएका छन । मधेश आन्दोलमा मधेशका जनताका साथ आफूहरु कन्धामा कन्धा मिलाएर आन्दोलनमा सहभागी भएको बताएका छन । धनुषा जिल्ला निर्वाचन क्षेत्र न.३ को प्रदेशसभा क्षेत्र (२) अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा यसो धारणा उनले राखेका छन । मधेश आन्दोलका सहिदहरुले आफना बलिदान दिएर हामीलाई संघीयताको संरचणा नागरिकता विहीन मधेशी जनतालाई नागरिकता दिलाए,’ उनको वलिदानलाई जिवित राख्न सबै मधेशी जनताको कर्तव्य रहेको उनले बताए । चुनावको समयमा पार्टी कार्यकर्ताहरुले पार्टी प्रत्याग गर्ने रबैयाले उनलाई सहिद मधेशीका पुत्रले कहिले माफ नगर्ने उनले बताए । पार्टीले सबैलाई एकै पटक टिकट दिन सक्दैन, त्यस कारण काग्रेस,एमाले,माओवादीमा पदकाका लागी नजानुस,उनले अगाडी भने, त्याहाँ धेरै तानाशाहहरु पहिले देखि नै हावी छ,’ यो चुनावी लली पप मात्रै हो । मधेशका अधिकारका बाँकी मुद्दालाई सफल बनाउँन निमित आउँने ४ गते मंसीरको चुनावमा मधेशी जनताले सोचर वोट हाल्ने बेला रहेको उनले बताए ।

सम्बन्धित खबर