
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव सप्तरी क्षेत्र नं. २ बाट सिफारिस भएका छन ।उक्त पार्टीले सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यका लागि जसपाका अध्यक्ष उपेन्द्र यादवको एकल नाम सिफारिस गरेको हो । यस्तै प्रदेशसभा तर्फ २ ९क० का लागि प्रदेशसभा सदस्यको उम्मेदवारमा शैलेन्द्र साह, अमरनाथ मण्डल र नेत्रविक्रम साहको नाम सिफारिस गरेका छन ।शैलेन्द्र साह अघिल्लो चुनावमा त्यहीबाट प्रदेशसभा सदस्यमा जितेको थियो ।
त्यस्तै सप्तरी–२ (ख) का लागि प्रदेशसभा सदस्यको उम्मेदवारमा मनिष सुमन, दिनेश यादव, युसुफ अलि, किरण यादवको नाम सिफारिस गरिएको हो । मनिष सुमन यसअघिको चुनावमा सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा चुनाव जितेका थिए । जसपा अध्यक्ष यादवको नाम सप्तरी–२ सहित अन्य आठ ठाउँबाट पनि नाम सिफारिस भएको हो । उनी सप्तरी–२ बाट नै चुनाव लड्ने तयारीमा लागेका हुन । उनी यसअघि सप्तरी–२ बाट नै चुनाव जितेका हुन् ।