
काठमाडौं । काठमाडौं महानगरपालिले वडा नम्बर–३२ स्थित जडीबुटी क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर हटाउन सुरु गरेका छन । महानगरका अनुसार उक्त क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका ५ देखि ७ वटा घरहरु रहेको छ । ती घरहरुलाई हटाउन बारम्बार अनुरोध गरे पनि अटेर गरेपछि घर नै भत्काउन लागिएको नगर प्रहरीले बताए । नगर प्रहरीको टोली अहिले डोजरसहित जडीबुटी पुगेको हो ।