LIVE
पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती |

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले संघीय संसदबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको नागरिकता ऐन संशोधन विधेयकले अधिकांश नागरिकता सम्बन्धी समस्या समाधान गर्ने बताएको छ ।नागरिकता ऐन संशोधन विधेयकले सबै समस्या समाधान गर्न नसक्ने भनी कतिपयले टिप्पणी गरिहेका बेला एमाले सचिव भट्टराईले भने राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयक प्रमाणीकरण भएर लागू भएपछि ९८ प्रतिशत समस्या समाधान हुने ठोकुवा गरेका हुन् ।

नागरिकताको समस्या यो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको विधेयक आइसकेपछि प्रमाणीकरण भएर लागू भएपछि लगभग हल हुन्छ, धेरै बाँकी हुँदैन अब । मलाई लाग्छ ९८ प्रतिशत समस्या समाधान हुन्छ । अब एक डेढ प्रतिशत बाँकी होला’, सचिव भट्टराईले भने ।बुधबार सिंहदरबारमा भएको ‘सांसदसँग बालबालिका’ विषयक कार्यक्रममा एमाले सचिव भट्टराईले यस्तो बताएका हुन् ।

सचिव भट्टराईले प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको नागरिकता ऐन संशोधन विधेयकले गरेका मुख्य व्यवस्थाहरुको पनि व्‍याख्‍या गरे । सचिव भट्टराईका अनुसार पहिले जन्मसिद्धको नागरिकता भएका सन्तानले वंशजको नागरिकता पाउने विषय सुनिश्चित भएको छ ।आमा भएको बाबुको पहिचान नभएकोले नागरिकता पाउने, नेपालमा जन्मिएको तर, बाबु र आमा नभेटिएकोले पनि नागरिकता पाउने विषय विधेयकले सुनिश्चित गरेको सचिव भट्टराईले सुनाए ।

जो संस्थागत बस्नुभएको छ त्यो संस्थाले सिफारिस गर्दा पनि नागरिकता पाइन्छ । यसकारण यो नागरिकता विधेयक आएपछि नेपालमा रहेको नागरिकताका समस्याहरु लगभग हल हुन्छ’ भट्टराईले भने, ‘यसकारण अब नागरिकतामा मूलत समस्या छैन। सिडिओ कार्यालयले नबुझेर दुःख दिएछ भने बेग्लै कुरा हो ।’

सम्बन्धित खबर