LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले संघीय संसदबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको नागरिकता ऐन संशोधन विधेयकले अधिकांश नागरिकता सम्बन्धी समस्या समाधान गर्ने बताएको छ ।नागरिकता ऐन संशोधन विधेयकले सबै समस्या समाधान गर्न नसक्ने भनी कतिपयले टिप्पणी गरिहेका बेला एमाले सचिव भट्टराईले भने राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयक प्रमाणीकरण भएर लागू भएपछि ९८ प्रतिशत समस्या समाधान हुने ठोकुवा गरेका हुन् ।

नागरिकताको समस्या यो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको विधेयक आइसकेपछि प्रमाणीकरण भएर लागू भएपछि लगभग हल हुन्छ, धेरै बाँकी हुँदैन अब । मलाई लाग्छ ९८ प्रतिशत समस्या समाधान हुन्छ । अब एक डेढ प्रतिशत बाँकी होला’, सचिव भट्टराईले भने ।बुधबार सिंहदरबारमा भएको ‘सांसदसँग बालबालिका’ विषयक कार्यक्रममा एमाले सचिव भट्टराईले यस्तो बताएका हुन् ।

सचिव भट्टराईले प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको नागरिकता ऐन संशोधन विधेयकले गरेका मुख्य व्यवस्थाहरुको पनि व्‍याख्‍या गरे । सचिव भट्टराईका अनुसार पहिले जन्मसिद्धको नागरिकता भएका सन्तानले वंशजको नागरिकता पाउने विषय सुनिश्चित भएको छ ।आमा भएको बाबुको पहिचान नभएकोले नागरिकता पाउने, नेपालमा जन्मिएको तर, बाबु र आमा नभेटिएकोले पनि नागरिकता पाउने विषय विधेयकले सुनिश्चित गरेको सचिव भट्टराईले सुनाए ।

जो संस्थागत बस्नुभएको छ त्यो संस्थाले सिफारिस गर्दा पनि नागरिकता पाइन्छ । यसकारण यो नागरिकता विधेयक आएपछि नेपालमा रहेको नागरिकताका समस्याहरु लगभग हल हुन्छ’ भट्टराईले भने, ‘यसकारण अब नागरिकतामा मूलत समस्या छैन। सिडिओ कार्यालयले नबुझेर दुःख दिएछ भने बेग्लै कुरा हो ।’

सम्बन्धित खबर