LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । आसन्न चुनावको लागि प्रतिनिधी र प्रदेश सभाको कार्यकाल शनिवार मध्यरातिदेखि सकिदै छ । प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत निर्वाचन आयोगमा समानुपातिकतर्फका उम्मेदवारको सूची बुझाउनु अघिल्लो दिनसम्म प्रतिनिधिसभाको कार्यकाल रहने व्यवस्था छ । निर्वाचन आयोगले असोज २ र ३ गते समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने समय तोकेको छ ।
तर सरकारले भोलि राति १२ बजेदेखि संसद्को चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको र नयाँ अधिवेशन आउने भएपछि प्रतिनिधि सभाको कार्यकाल सकिदै छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा आजै बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार राष्ट्रपतिसमक्ष अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको जानकारी दिए ।

सम्बन्धित खबर