LIVE
गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ |

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पतालअघिका औषधि पसलहरु भएको अस्थायी टहरा हटाएको हो । वीर अस्पतालको सर्जिकल भवनतर्फ टाँसिएको टहरा र त्यसमा चलाइएका पसलहरू हटाएको छ । सर्जिकल भवनको पास भएको नक्सामा सो क्षेत्र बगैंचाको रुपमा थिए । तर, वीर अस्पतालले हटाउन खोज्दा औषधि पसलहरुले पुरानो सम्झौता देखाएर मानेका थिएनन् ।

तर, महानगरपालिकाले ती टहरमा नक्सा विपरीत भएको भन्दै बुधबार माइकिङ गरेर बिहीबार दिउँसो १ बजेसम्म खाली गर्न अल्टिमेटम दिएको थियो । केही औषधि पसलहरुले बिहान नै सटर खाली गरेका थिए भने केहीले अटेरी गरेका थिए । बिहीबार दिउँसो २ बजे डोजरसहित पुगेको महानगर प्रहरीको टोलीले अस्पतालअघिको सो पुरानो टहरमा डोजर चलाएर औषधि पसल हटाएको हो । सटरहरु प्रयोग गर्न नमिल्ने गरी भत्काइएको हो ।योसँगै वीर अस्पतालअघिका अधिकांश औषधि पसल विस्थापित भएका हुन । योसँगै वीर अस्पतालका बिरामी र उनीहरुका आफन्तलाई वीर अस्पताल आसपास औषधि किन्न भने सकस हुनेछन ।

सम्बन्धित खबर