LIVE
मधेशबाट झण्डै ८९हजार विद्यार्थी एसईई दिदै | मधेश प्रदेश सरकारद्वारा एसईई परीक्षा वहिस्कार | प्रहरीले चलाएको गोलिको लागेर धनुषामा एक युवक गम्भिर घाइते | यस वर्षको ‘महामुर्ख’को उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई | होली पर्वको अवसरमा धनुषाको सुरक्षा र ट्राफिक व्यवस्था कडा | अन्तगृह परिक्रमा सम्पन्न, मुस्लिम नागरिक समाजद्वारा परिक्रमावासी चुरा र मिठा वित्तरण | महोत्तरी मलपोतका खरिदार अख्तियारको फान्दामा | मधेश प्रदेशका गृहमन्त्री लेखिको सुरक्षामा खटेका असई यादवको मृत्यु | अवैध रुपमा संचालित प्रदेशका ५८ वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन | श्रममन्त्रीको पहलमा महोत्तरीमा व्यवसायिक प्रशिक्षण केन्द्रको स्थापना हुँदै |

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पतालअघिका औषधि पसलहरु भएको अस्थायी टहरा हटाएको हो । वीर अस्पतालको सर्जिकल भवनतर्फ टाँसिएको टहरा र त्यसमा चलाइएका पसलहरू हटाएको छ । सर्जिकल भवनको पास भएको नक्सामा सो क्षेत्र बगैंचाको रुपमा थिए । तर, वीर अस्पतालले हटाउन खोज्दा औषधि पसलहरुले पुरानो सम्झौता देखाएर मानेका थिएनन् ।

तर, महानगरपालिकाले ती टहरमा नक्सा विपरीत भएको भन्दै बुधबार माइकिङ गरेर बिहीबार दिउँसो १ बजेसम्म खाली गर्न अल्टिमेटम दिएको थियो । केही औषधि पसलहरुले बिहान नै सटर खाली गरेका थिए भने केहीले अटेरी गरेका थिए । बिहीबार दिउँसो २ बजे डोजरसहित पुगेको महानगर प्रहरीको टोलीले अस्पतालअघिको सो पुरानो टहरमा डोजर चलाएर औषधि पसल हटाएको हो । सटरहरु प्रयोग गर्न नमिल्ने गरी भत्काइएको हो ।योसँगै वीर अस्पतालअघिका अधिकांश औषधि पसल विस्थापित भएका हुन । योसँगै वीर अस्पतालका बिरामी र उनीहरुका आफन्तलाई वीर अस्पताल आसपास औषधि किन्न भने सकस हुनेछन ।

सम्बन्धित खबर