LIVE
सात दलले बहिष्कार प्रदेश प्रमुखले आह्वान गरेको सर्वदलीय बैठक | आन्दोलनरत सात दललाई वार्तामा आउन मुख्यमन्त्री यादवको आग्रह | सभामुखविरुद्धको प्रस्ताव वारे सात दलले लिए उपसभामुख राउतसँग जानकारी | प्रदेशको राजनीतिक अवस्थाप्रति प्रदेश प्रमुख डा.लाभद्वारा चिन्ता व्यक्त | सभामुख मण्डल पदीय म्यार्दा विपरित व्यवहार प्रदर्शन गरेको सात दलको आरोप | धनुषामा गोलि प्रहार गरि वडाध्यक्षको हत्या | मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक भएको भन्दै सात दलको भोलि पनि विरोधमा कार्यक्रम | भित्र मुख्यमन्त्रीको पदभार ग्रहण, बाहिर प्रहरी र प्रदर्शनकारी बीच झडप | दलहरू कांग्रेसलाई नेतृत्व दिन तयार भए राजीनामा दिन तयार छु : मुख्यमन्त्री यादव | विद्रोही सांसद रहबर अन्सारी, ढाल्यो सोनल सरकार ! |

जनकपुरधाम । मधेश प्रदेशमा दलित र मुस्लिमको जनसंख्याको अधारमा कुनै पनि निकायमा पहुच नभएको वक्ताहरुले बताएका छन । प्रादेशिक संवाद समुहले शुक्रवार जनकपुरधाममा आयोजना गरेको संवाद कार्यक्रममा प्रदेश संसाद चमेली देवी दासले भनिन , देशमा परिवारवाद जातिवादको राजनितिकका कारण देशका मुस्लिम समुदाय र दलित समुदायलाई वोट बैकको रुपमा प्रयोग गरदै आईरहेको छ । देशमा सासक वर्ग इमान्दार नभए यी समुदायले आफनो अधिकार कहिले नपाउने उनले भनिन् । तीनै तहको सरकारमा दलित र मुस्लिम समुदायको पहुच न्यून रहेको प्रदेश संसद चमेली देवी दासले बताएकी छिन् । महिलाको ३३ प्रतिशत आरक्षण संविधानमा उल्लेख रहे पनि महिलाको सट्ठा पुरुष चुनाव लडने गरेको योे कस्तो बिडमना तमलोपा नेतृ बिभा ठाकुरले बताइन् । संविधानमा लेखेका कुराहरु जनताले स्वीकार गर्ने लागाउने र नेताले सविधानमा लेखेका कुरा नमान्ने यो देशको अहिलेको अवस्था रहेको उनले भनिन् । महिला अधिकारलाई सुनिश्चित गराउन प्रत्येक राजनितिक दलका महिलाले आफनो पार्टी भित्र अवाज नउठाए महिला माथि यस्ता विभेदहरु कहिले समाप्त नहुने् माओवादी नेत्री निशा साहले बताइन् ।कार्यक्रममा जिबछ कुमार चौधरी, प्रदिप दत्त नित्यान्नद मंडल, अनुपमा साह लगायतका व्यक्तीहरु उपस्थित रहेका थिए ।

सम्बन्धित खबर