LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

जनकपुरधाम । महोत्तरीको प्रसिद्ध सोनामाई शक्तिपीठमा यस वर्ष १०४ रंङगाको बलि प्रदान गरिएको छ ।
जिल्लाको औहरी नगरपालिका वडा ७ मा पर्ने सोनामाई शक्तिपीठमा परापुर्वकालदेखि बोका, रंङगा, परेवाको बलि प्रदान हुदै आएको छ । दशैको अष्ठमीका दिन बोका बलि प्रदान हुन्छ भने नवमीको नदि रंङगा बलि प्रदान हुदै आएको छ ।दशैमा भुत मेलाले नेपालमै प्रसिद्ध उक्त मन्दिरमा धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली तथा छिमेकी देश भारतका विहार राज्यको सितामाढी जिल्लाका विभिन्न स्थानबाट हजारौको संख्यामा श्रद्र्धालुभक्तजन भाकल गरे अनुसारको जानवरको बली प्रदान दिने गरेको औहरी नगरपालिका निर्वतमान मेयर सुनिल कुमार यादवले बताए ।


उनका अनुसार सोनमाईमा एक दशक अघि सम्म हजारभन्दा बढी रंङगाको बली प्रदान हुदै आएकोमा पछिल्लो केहि वर्षदेखि रंङगाको बली प्रदान गर्ने श्रद्र्धालुभक्तजनको संख्यामा व्यापक कमि आएको छ भने बोका बली प्रदान गर्नेको संख्यामा भने वृद्धि भएको छ ।
दसैँको षष्ठीदेखि सोनामाईमा लाग्ने भूतमेला विजयादशमी सम्म चल्ने गर्छ । भूतप्रेत, बोक्साबोक्सी र दुष्ट आत्माले सताइएका हजारौं पीडित प्रत्येक वर्ष सोनामाईको मन्दिरको प्राङगनमा आउने गर्छन् । जादुतोना तथा दुष्ट आत्माले पीडित भएकी महिला माता सोमनाईको दरबारमा हारगुहार गरेपछि उक्त कष्टबाट निदान पाउने जनविश्वास रहेको उनले बताए ।

सम्बन्धित खबर