LIVE
मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित |

जनकपुरधाम । महोत्तरीको प्रसिद्ध सोनामाई शक्तिपीठमा यस वर्ष १०४ रंङगाको बलि प्रदान गरिएको छ ।
जिल्लाको औहरी नगरपालिका वडा ७ मा पर्ने सोनामाई शक्तिपीठमा परापुर्वकालदेखि बोका, रंङगा, परेवाको बलि प्रदान हुदै आएको छ । दशैको अष्ठमीका दिन बोका बलि प्रदान हुन्छ भने नवमीको नदि रंङगा बलि प्रदान हुदै आएको छ ।दशैमा भुत मेलाले नेपालमै प्रसिद्ध उक्त मन्दिरमा धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली तथा छिमेकी देश भारतका विहार राज्यको सितामाढी जिल्लाका विभिन्न स्थानबाट हजारौको संख्यामा श्रद्र्धालुभक्तजन भाकल गरे अनुसारको जानवरको बली प्रदान दिने गरेको औहरी नगरपालिका निर्वतमान मेयर सुनिल कुमार यादवले बताए ।


उनका अनुसार सोनमाईमा एक दशक अघि सम्म हजारभन्दा बढी रंङगाको बली प्रदान हुदै आएकोमा पछिल्लो केहि वर्षदेखि रंङगाको बली प्रदान गर्ने श्रद्र्धालुभक्तजनको संख्यामा व्यापक कमि आएको छ भने बोका बली प्रदान गर्नेको संख्यामा भने वृद्धि भएको छ ।
दसैँको षष्ठीदेखि सोनामाईमा लाग्ने भूतमेला विजयादशमी सम्म चल्ने गर्छ । भूतप्रेत, बोक्साबोक्सी र दुष्ट आत्माले सताइएका हजारौं पीडित प्रत्येक वर्ष सोनामाईको मन्दिरको प्राङगनमा आउने गर्छन् । जादुतोना तथा दुष्ट आत्माले पीडित भएकी महिला माता सोमनाईको दरबारमा हारगुहार गरेपछि उक्त कष्टबाट निदान पाउने जनविश्वास रहेको उनले बताए ।

सम्बन्धित खबर